भेट्ने कहिले ! कहिले! गितको म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

  • ८ बैशाख २०७५, शनिबार
  • 2724 पटक पढिएको

म्याग्दी, ८ वैशाख । गायक हिरा बाग्दासको भेट्ने कैले कैले बोलको लोकदोहारी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । विविध कारणले प्रवासमा पुगेका युवकले आफ्नो प्रेमीकालाई भेट्न आतुर भएको कथा बस्तुलाई समेटीएको उक्त गितको म्युजिक भिडियो विन्धबासीनी म्युजिकको युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो ।

उक्त म्युजिक भिडियो म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेताल स्थित कालिगण्डकी रिसोर्टमा छायांकन गरिएको हो । वि.एस. फिल्म प्रोडक्सनले तयार पारेको उक्त म्युजिक भिडियोमा म्याग्देली युवा कलाकारहरु सुनिल बानियाँ र विदुर बराईलीले संयुक्त निर्देशन गरेका छन् ।
मोडल सागर पौडेल र सिमान्त बानियाँको अभिनय रहेको उक्त म्युजिक भिडियोको छायांकन गणेश सापकोटाले गरेका छन ।

सर्जक हिरा बाग्दासकै शब्द संगीत रहेको सो गितमा गायक बाग्दास र गायीका लक्ष्मी परियारले स्वर भरेका छन् । अहिलेको नेपाली परिबेशलाई आधार मानेर बनेको गितलाई यर्थातमा रुपान्तरण गर्ने गरि म्युजिक भिडियो तयार पारिएको निर्देशकद्धय बानियाँ र बराईलीको भनाई छ । उक्त भिडियोलाई सुरज कुमारले सम्पादन गरेका हुन् ।