ज्यामरुककोट स्वास्थ्य चौकीको सामाजिक परिक्षण

  • ८ बैशाख २०७५, शनिबार
  • 1801 पटक पढिएको

म्याग्दी, ८ वैशाख । बेनी नगरपालिका २ ज्यामरुककोटमा अवस्थित ज्यामरुककोट स्वास्थ्यचौकीको सामाजिक परिक्षण गरिएको छ । नेपाल सरकारको सन् २०२० सम्म नेपालका २५ शैया सम्मका स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्य गर्ने नीति रहेको छ । सोही बमोजिम जिल्लामा आब २०६७/०६८ देखि जिल्लाका ५ वटा स्वास्थ्य संस्थावाट सुरु गरिएको परिक्षण कार्यक्रम यसबर्ष १० वटा संस्थामा सुरु गरी सवै ४१ वटै संस्थामा पुग्ने जनाईएको छ ।

सामाजिक परिक्षण कार्य तेस्रो पक्षवाट गराउने निति अनुरुप जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशील संस्था कदम म्याग्दीले आब २०६७/०६८ देखि निरन्तर हाल सम्म जिल्ला स्वास्थ्य कार्यालय संग मिलेर सामाजिक परिक्षणको कार्यक्रम सञ्चालन गरीरहेको छ । सामाजिक परिक्षण कार्य सम्पन्न भएपश्चात गरिएको आम भेलामा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला स्वास्थ्य क्षेत्रको सामाजिक परिक्षण समिति संयोजक देवेन्द्र वहादुर केसी ले कुराले च्यूरा भिज्दैन भन्दै काम गरेर देखाउन सक्नुपर्ने बताए ।

कार्यक्रममा वोल्दै जनस्वास्थ्य निरीक्षक तथा यस कार्यक्रमका सम्पर्क ब्यक्ति भिमप्रसाद आचार्यले कर्मचारीहरुले आफ्नो पुरानो वानि छाड्नुपर्ने र सवै जिम्मेवार वनेमा मात्र राज्यले लिएको शुखि नेपाली समृद्ध नेपालको नारा कार्यान्वयन हुने बताए । कार्यक्रमका प्रस्तोता एवं गैसस महासंघका अध्यक्ष समेत रहेका कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले कार्यक्रम सञ्चालन हुनुमात्र ठुुलो कुरा नभएकोले यस कार्यक्रम पश्चात केहि सकारात्मक परिवर्तन देखिएमा मात्र कार्यक्रम सञ्चालन गरेको महत्व हुने बताए ।

सामाजिक परिक्षण कार्यक्रम अन्र्तगत समुदायको धारणा संकलन, ब्यवस्थापन समितिसंग अन्तरक्रिया, स्वास्थ्यकर्मीसंग अन्तरक्रिया, सेवाग्राहि संग अन्र्तवार्ता लिई धारणा संकलन गरीएको तथा स्वास्थ्यसंस्थाले आ.व. ०७३/०७४ मा कार्यक्रम कार्यान्वयन गर्दा भएको उपलब्धी को विश्लेषण गरिएको अध्यक्ष पौडेलले बताए । वेनपा २ का वडा अध्यक्ष समेत रहेका ज्यामरुककोट स्वास्थ्य चौकीका अध्यक्ष हिरावहादुर जिसी को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको स्वास्थ्य चौकी इन्चार्ज होमनाथ गौतमले सञ्चालन गरेको कार्यक्रमा ५० वढि सरोकारवालाको उपस्थिती रहेको थियो ।