किन जाँदैछन गायक पंगेनी टाढा ! भिडियो सहित)

  • ८ बैशाख २०७५, शनिबार
  • 1981 पटक पढिएको

गायक सुशील पंगेनीको ‘तिमी जाँदै छौ’ बोलको गित सार्वजनिक भएको छ । फिल्म लेखकको रुपमा परिचित पंगेनीले आफ्नै स्वर, शब्द र संगीतमा उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । उक्त गितमा मायाँ प्रेमको भावनालाई समेटीएको छ । झण्डै एक दशकदेखि फिल्म लेखन र गीत रेकडिङमा सक्रिय रहेका पंगेनीले यस पटक फेरी आफ्नै स्वरमा गीत रेकर्ड गराएका हुन् ।

उनको गितको म्युजिक भिडियो म्युजिक नेपालको युट्युब मार्फत सार्वजनिक गरिएको हो । उनले यस अघि पनि गितमा स्वर भरिसकेका छन् ।  उक्त गितको म्युजिक भिडियोमा रन्जन रिजाल र उषा खनालले अभिनय गरेका छन भने म्युजिक भिडियोको निर्देशन शिब विकले गरेका छन् । गायक पंगेनीले लेखेको यस अघि लक्ष्य फिल्ममा समावेश अन्जु पन्तको स्वर रहेको ‘तिमिले टेकेको दैलो’ बोलको गित चर्चित भएको थियो ।

पंगेनीले अर्को नयाँ गित चर्चित गायिका रेश्मा केसीको साथमा ल्याउन तयारी गरेका छन् । गायक पंगेनीले फिल्म लेखन र गितसंगीतलाई समेत संगसंगै अगाडी बढाउने बताउँदै आगामी दिनमा समेत अझ स्तरीय साँगेतिक कोशेलीहरु ल्याउने बताउँछन् ।