२८ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण

  • ८ बैशाख २०७५, शनिबार
  • सन्दिप शर्मा
  • 1603 पटक पढिएको

म्याग्दी, ८ वैशाख । नेपाल निजामती कर्मचारी संगठनले शैक्षिक सामाग्री वितरण गरेर २८ औं स्थापना दिवस मनायको छ । बेनि नगरपालिका २ बगरफाँट रहेको सरस्वती आधाभूत विद्यालयमा अध्ययन गर्ने गरिव तथा विद्यालय क्षेत्र बाहिर रहेका ३ जना नयाँ विद्यार्थिलाई विद्यालयमा भर्न गराई पोसाक कपि कलाम वितरण गरि तथा अन्य विद्यार्थिलाई कपिकलम वितरण गरि स्थापना दिवस मनाएको संगठनका प्रथम उपाध्यक्ष चित्रनाथ शर्माले बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले कर्मचारी संगठन कर्मचारीको हकहितका लागि खोलिएको भए पनि सामाजीक हितका लागि काम गरेको बताउनु भयो । उहाँले नेपाल सरकारले अहिले कोहिपनि विद्यालय उमेर समुहका वालवालिका हरु विद्यालय बाहिर नछुटुन् भनेर भर्ना अभियान संञ्चालन गरिरहेको बेला कर्मचारी संगठनले सरकारी विद्यालयमा कार्यक्रम गरेर भर्ना अभियानमा पनि सहयोग पुगेको बताउनु भयो ।


सोहि कार्यक्रममा बोल्दै नेपाल कर्मचारी संगठनको केन्द्रीय सदस्य सगुन कसजु र विद्यालय निरिक्षक दलबहादुर थापाले विद्यालय क्षेत्र वाहिर रहेका बालबालिका लाई विद्यालय क्षेत्र मा ल्याउनु पर्ने, सरकारी विद्यालयको गुणस्तर मा बृद्वि गर्नुपर्ने तथा ब्यवसायिक शिक्षा ल्याउन सकेमा देशको विकासले फड्को मार्ने बताउनु भयो ।

संगठनका प्रथम उपाध्यक्ष चित्रनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका बेनि नगर कमिटी अध्यक्ष भिमबहादुर घर्ती र सरस्वती आधाभूत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नारायण कार्की लागायतले मन्तब्य राखेको कार्यक्रम संगठनका सह–सचिव भविराम किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

सन्दिप शर्मा