अन्नपुर्ण गाउँपालिकाको एक झलक

  • ७ बैशाख २०७५, शुक्रबार
  • पदमबहादुर पुर्जा
  • 4424 पटक पढिएको

पदमबहादुर पुर्जा / दाेबा ।
राष्ट्रको नयाँ संरचनानुसार म्याग्दी जिल्लाई एउटा नगरपालिका र पाचँवटा गाउँपालिकामा विभाजन गरिएको छ । जस अनुसार जिल्लाको उत्तरीभेगलाई अन्नपुर्ण गाउँपालिका भनेर नामाँकन गरिएको छ । बास्तवमा भन्ने हो भने भविष्यमा गर्न सके अन्य गाउँपालिका भन्दा यो गाउँपालिकामा बढी आर्थिक उन्नती हुने देखिन्छ । यहाँ विभिन्न प्राकृतिक सम्पदाहरुले भरिभराउ छ । टुरिजम क्षेत्र विकास गर्नु पर्ने अझ धेरै ठाउँहरु छन् । सुरुवात भैरहेको विद्युतहरु भन्दा अन्य ठाउँहरु छन् । यस गाउँपलिकामा जम्मा आठ वडाहरु छन् । वडा नं १ दोबा, २ भुरुङ तातोपानी, ३ दाना,  ४ नारच्याङ, ५ शिख, ६ घार, ७ हिस्तान, ८ राम्चे छन् ।


वडा न. १ साविकको दोबा गा.वि.स. एउटै मात्र गाउँ रहेको छ । यहाँ विभिन्न रमनिय ठाउँहरु छन् । यहाँ मह काट्ने छहरा भन्ने तिनवटा लस्करै मिलेको छहरा छन् । जस्मा पुछारको छहराको छेउमा सधै मह काट्ने गर्दछन् । त्यसै छहराबाट हाईड्रोपावर निस्काउने भन्ने चर्चा चलेको थियो तर मान्छेहरुको विचार नमिलेकोले यो कार्य हाल ओझेलमा परेको छ । भविष्यमा अवश्य पनि बन्छ होला, यहाँ उडाउने छहरा, नाँगी डाँडा, चुच्चे ढुङ्गा, अन्य ठुला ढृुङ्गाहरु सहित मन्दिरै मन्दिर भएको र रमनिय प्राकृतिक वन जङ्गलहरुले भरिभराउ भएको ठाउँ छ ।

२ वडा न. भुरुङतातोपानी भनेर चिनिन्छ । यहाँ माथिको बस्तीलाई भुरुङ तथा मदिर ढङ्गा भनिन्छ । भने तल बजारमा तातोपानी कुण्ड भएकाले भुरुङतातोपानी भनेर भनिएको छ । तातोपानी कुण्डमा विदेशीहरु नुहाउछन् अनि वडामा आम्दानी भएको छ । भुरुङगेले मुन्द्री चढाउने डाँडा भन्दछन् । यसलाई दोवा वा भुरुङबाट बाटो पु¥याएर पर्यटकिय क्षेत्र बनाउन सकिने सम्भाव्य देखिन्छ ।

३ वडा साविकको दाना गा.वि.स. हो । यहाँ धेरै बस्तीहरु छन् । सुवा, फगाम, घट्टेखोला, लिकमा, बजार, काभ्रे आदी । यस वडामा भएको रुप्से छहराले दानको नाम निकै अगाडि ल्याएको छ । यो छहराले दानाको नाम निकै अगाडि ल्याएको छ । यो छहराले धेरै अग्लो ठाउँबाट खसेको छ र सुन्दर रमनिय ठाउँ छ । दानामा अर्को महत्वपुर्णको कुरा विश्वभरकै गहिरो अन्धगल्छी परेको छ । विदेशीहरुले साथै नेपालीहरु पनि यो हेर्न आउने गरेका छन् । यसले गर्दा दानाको गाउँलाई अगाडि ल्याएको देखिन्छ ।

४ न. वडामा नारच्याङ पर्छ यो नारच्याङले र ब्यासी गरि दुईवटा बस्ती छ । क्षेत्रफलको हिसावमा यो वडा जिल्लाकै दोस्रो पर्छ होला। अन्नपुर्ण गाउँपालिका सबै भन्दा प्राकृतिक क्षेत्रले अनौठो, सुन्दर, रमणिय र आयस्रोत भएको वडा यही होला । किनकि यहाँ घलेम्दी हाईड्रो पावार र मिस्त्रि खोला हाइड्रोपावर संचालन छन् । अन्य हाईड्रोपावर बन्ने निस्कने ठाउँहरु प्रशस्तै छन् । साथै भूपु प्र.अ तेज गुरुङको भनाई अनुसार “अन्नपुर्ण बेस क्याम असाध्यै रमनिय हेर्नलायक ठाउँ छ । पानीको सुन्दरताल, सम्म परेको ठाउँ माथि मनमहक हिमाल ज्यादै रमाईलो मुटु हुने ठाउँ छ ।” यहाँ घलेम्दी हाईड्रो पावर हुँदै बाटो पुग्नु पर्छ र बाटो पुग्यो भने पछि पर्यटकिय क्षेत्र निश्चित बन्ने छ । यसैले त्यस बाटोमा केहि रकम छुट्याउन जरुरी देखिन्छ । यी आदी विभिन्न प्राकृतिक क्षेत्रले नारच्याङको भविष्य राम्रो देखिन्छ ।

५ वडा नम्वर शिख, स्वाता र पाउद्वार पर्छ । यो भौगोलिक बनावटले शिख र पाउद्वार अलि टाढा पर्छ पाउद्वारको लेकमा खोप्रा भन्ने ठाउँ छ । यहाँ याकहर भेडाहरु पाल्दछन् । यहाँ विदेशी टुरिसहरु पनि आउने गर्दछन् । खोप्रा भन्दा धेरै माथि खयर बराहीको पानीको ताल(दह) र मन्दिर छ । यस्मा रक्षा बन्धन क्रृषितपनीमा ठुलो मेला लाग्छ। मन्दिरमा भेडाको साँढे थोमाले पुजा गर्दछन् । विभिन्न टाढा टाढा ठाउहरुबाट आफ्नो मनोकांक्षा पुरा गरिदेउ भनि भकल कबुल गरेर आउछन् । सम्भवत जुन मनको इच्छा हो त्यो पुरा गरिदिन्छन होला त्यसैले त पुजा चलि रहेको छ । अनि शिख गाउँको पनि माथि लेकमा याक चौरीहरु र भेडाहरु पाल्ने ठाउँ छ । रमणिय वनजङ्गलहरु छन यसैले यस ठाउँको पनि आफ्नै महत्व छ ।

६ वडा नं मा साविक घार गा.वि.स पर्छ । यसको पनि छुट्टै महत्व छ । यसमा खिवाङ, घोडेपानी घार र पोखरेबगर आदी बस्तीहरु छन । घोडेपानी माथि एउटा टावर बनाईएको छ । यसले गर्दा विदेशीहरु घोडेपानीमा असाध्यै बढी आउने गर्दछन् । त्यहाँ करीव २०, २१ घरहरु लज छन् । सबैले ब्यापार नै गर्दछन् । गुराँस फूल्ने समयमा असाध्यै रमाईलो देखिने रहेछ । डाँडापाखा सबै गुराँस रातै रुखै सबै रातै मनमोहक दृष्य हुदाँ रहेछ । त्यसैले धेरै टुरिष्टहरु भ्रमण गर्न घुईचो हँदो रहेछ । साथै टावरमा चढेर अन्नपुर्ण, निलगिरि, माछा पुछेर, धौलागिरि लगायतका दर्जनौ हिमालहरुको रमाईलो दृष्य हेर्दा रहेछन् । अनि बनमा गुराँस र अनि चाँप फूलेको मने प्रफुल्ल पार्र्ने वातावरण हुँदोरहेछ । यो बातावरणमा विदेशीहरु लोभिएर प्रत्येक बर्ष विदेशीहरु आउने संख्या बुद्धि भैइरहेको पाईन्छ । अनि घारको रातो पानीमा पनि तातोपानी कुण्ड छ त्यहाँपनि विभिन्न ठाउका मानिसहरु आएर डुब्ने गर्दछन् र आफ्नो रोग निको पारेर जाने गर्दछन् । अन्नपुर्ण गाउँपालिकाको कार्यालय पनि त्यही घार पोखरेमा बस्ने भएको छ । जस्मा प्रति जग्गाको ज्यादै अभाव छ र अफिसहरु निर्माण गर्न प्रयाप्त जग्गाको अति खाचो छ । ब्यक्तिगत मानिसहरुले घरहरु बनाउदै छन, होटहरु थपिदै छन् । डेरा र कोठा खोज्नेहरुको घुईचो बढी रहेको छ । दिनानुदिन चहलपहल बढ्दै छ ।
७ वडा नं मा हिस्तान गा.वि.स पर्छ यस्मा घराम्दी दोसले, हिस्तान, टिकोट पहिरे गाउँ, औल र रिमा गाउँहरु पर्दछन। यी गाउँहरु बस्तीहरु अलग अलग छन् । आ–आफ्नै रितीरिवाज चलाएका छन् । हिस्तान टिकोटमा प्र.अ. प्रदिप शरको भनाई अनुसार होम स्टे राखिएको छ र कहिले काँही ३०–४० जना सम्म विदेशीहरु आएर बस्छन् । भन्नुभएको छ । यसैले हिस्तानमा राम्रो ब्यवस्था मिलाएका छन् र टुरिस एरियामा बन्न सफल हुनुहन्छ होला।

वडा न ८ मा साविकको राम्चे गा.वि.स. पर्छ। यहाँ काफडाँडा, राम्चे, नागीका गाउँहरु पर्दछन् । काफँलडाडाँ मात्र पनि २, ३ वटा छरिएर रहेको बस्तिहरु छन् । राम्चे र नागी पनि खोला वारपार छ । काफँल डाँडामा हाम्रो पुनमगरहरुको पुर्खा मूख्य देवता कर्पाकेलीको मन्दिर छ । कर्पाकेलीले मह काढेको महभीर छ । उहिले कर्पाकेलीलाई लखपती गुरुङले बोकेर ल्याएपछि विसाएको ठाउँमा नौकुने ढुङ्गा अझै यथावतनै छ । कर्पाकेली मन्दिरमा मँसिर महिनाको पहिलो उजेली मंगलबारको दिन र जेष्ठ महिनाको पहिलो उँजेली मंगलवारको दिनमा पूज ागर्ने चलन चल्दै आएको छ । त्यसमा पुजा गर्ने ब्यवस्था र विश्वास दिलाउन सकेमा पुजा गर्ने मानिसहरुको संख्या बढ्दै जाने देखिन्छ । साथै नागीमा महाविर पुनले विभिन्न प्रकार समाज सुधार र विकास गरेको भन्ने कुरा बुझिएको छ।

                                                                                                                      लेखक पुर्जा दाेबाका बासीन्दा हुन् ।

पदमबहादुर पुर्जा