छात्रवृत्तीका लागि तिन लाख रुपैयाको अक्षयकोष स्थापना

  • ६ बैशाख २०७५, बिहीबार
  • 2201 पटक पढिएको

म्याग्दी ६ बैशाख । बेनी नगरपालिका १ अर्जमका एक परिवारले दिवंगत आफन्तको स्मृतीमा तिन लाख रुपैयाको छात्रवृत्ती अक्षयकोष स्थापना गरेका छन् । अर्जमका मानबहादुर र चन्द्रकली थापामगर तथा उहाँका भाई ईन्द्र एलजि र लक्ष्मी थापाले बेनीको प्रकाश मा.विमा हजुरबुवा स्व बिच्चाराम थापामगरको स्मृतीमा तिन लाख १११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यालयमा सञ्चालित विज्ञान संकायको कक्षा ११ को वार्षिक परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने खस आर्य, जनजाती र दलित समूदायका एकएक जना विद्यार्थीलाई अक्षयकोषको ब्याजबाट सात हजार रुपैयाका दरले पुरस्कृत गरिने भएको छ ।

छात्रवृत्ती प्राप्त गर्ने प्रत्येक विद्यार्थीले अंग्रेजी, गणित र विज्ञान विषयको परिक्षामा घटिमा पचास प्रतिशत अंक प्राप्त गर्नुपर्ने संस्थापक मानबहादुर थापामगरले जानकारी दिनुभयो । लेखा समूहका पूर्व उपसचिव मानबहादुरले गाउँका पुर्व मुखिया रहेका हजुरबुवा बिच्छारामको स्मृतीमा छात्रवृत्ती अक्षयकोष स्थापना गरेको बताउनुभयो ।

छात्रवृत्ती अक्षयकोष सञ्चालन सम्बन्धि कार्यबिधीको विषयमा २०७३ चैत २७ गते प्रकाश मावीका प्रअ हरिकृष्ण सुवेदी र संस्थापक थापाबिच १२ बुढे सम्झौता भएको थियो ।