घुमाउने तालमा खेलकुद एवम् सास्कृतिक मेला सुरु

  • ५ बैशाख २०७५, बुधबार
  • 1721 पटक पढिएको

 

म्याग्दी, ५ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेताल स्थित कालिगण्डकी रिसोर्टमा नयाँ बर्षको अवसरमा आयोजित विविध खेलकुद एवम साँस्कृतिक मेला बुधबार देखि सुरु भएको छ । गायत्री संगम युवा क्लब घुमाउनेतालको आयोजनामा यही बैशाख ४ गतेदेखि ८ गतेसम्म हुन लागेको विविध खेलकुद एवम् साँस्कृतिक मेलालाई रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।


क्लवका अध्यक्ष कुमार तिलिचाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख भव भण्डारीले मेलापर्व हाम्रो सस्कृति भएको हुदाँ कलासस्कृतिको संरक्षण हुने हुदाँ ब्यवस्थितरुपमा संचालन गर्नुपर्ने बताउनुभएको थियो । सो कार्यक्रममा रघुगंगा गाउँपालिकाका ३ का वडा अध्यक्ष जीवन मल्ल, समाजसेवी लक्ष्मण चालिसे र बुद्धिबहादुर मल्लको शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन क्लवका सचिव यकिन पुनले गरेका थिए । कार्यक्रममा सहयोगदाता, आमासमुह लगायतको उपस्थित रहेको थियो ।

मेलामा पुरुष पौढ भलिबल, महिला भलिबल र लठो तान्ने प्रतियोगितामा बिजेता र उपबिजेतालाई नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । पौढ भलिबलमा बिजेतालाई नगद रु ३५ हजार ३५ र उपबिजेतालाई रु २० हजार २५, महिला भलिबलमा बिजेतालाई नगद रु १५ हजार र उपबिजेतालाई नगद रु ८ हजार तथा लठो तान्ने प्रतियोगितामा बिजेतालाई नगद रु ५ हजार नगद रहेको छ ।
भोलिदेखि सुरु हुने प्रतियोगिता वडा स्तरीय खेलाईने क्लबले जनाएको छ । मेलामा अवधिमा स्थानीय एवम चर्चित कलाकारहरुद्धारा विविध साँस्कृति प्रस्तुतीहरु समेत राखिने क्लवले जानकारी दिएको छ ।