नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई सम्पति कर सम्वन्धि अभिमुखिकरण

  • ४ बैशाख २०७५, मंगलवार
  • धिरन खत्री
  • 1733 पटक पढिएको

म्याग्दी ४ बैशाख । बेनी नगरपालिकाभित्र रहेको सम्पतिको मूल्य निर्धारणको आधारमा सम्पति कर सम्वन्धि कानुन बनाउन जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण तथा छलफल कार्यक्रम गरिएको छ। बेनी नगरपालिकाको आयोजनामा स्थानीय सरकार संचालन ऐन बमोजिम नगरपालिकाभित्र भएको सम्पतिको कसरी मूल्य निर्धारण गर्ने सम्वन्धि छलफल गरिएको हो ।


नगरपालिका क्षेत्रभित्र जग्गा रहेका जग्गाधनीहरुले जग्गाको क्षेत्रफल बनेको संरचना,सेवा सुविधा, ब्यापार र उब्जनी, जग्गाको मूल्यको आधारमा सम्पतिको कति कर कसरी निर्धारण गर्ने तरिका सम्वन्धि छलफल गरिएको थियो । जनप्रतिनिधि र कर्मचारीको उपस्थितमा नगरपालिका भित्र रहेको ब्यक्तिगत सम्पतिको वडाको सुगम र दुर्गम भेगको आधारमा निश्चित ठाउँ भित्र रहेको भूगोलको सम्पतिलाई मुख्य ब्यापारी केन्द्र, सहायक ब्यापारि केन्द्र, जग्गाको उत्पादनको अवस्था, सेवा सुविधाको आधारमा मूल्य निर्धारण गरि कर निर्धारण गर्नुपर्ने बागलुङ नगरपालिका एकीकृत सम्पतिका फोकल पर्सन हरिनारायण उपाध्यले जानकारी गराएका छन् ।


नगरभित्रकोे सुगम र दुर्गमको आधारमा सम्पतिको मूल्य निर्धारण सम्वन्धि कानुन निर्माण गरि कर तोकिने हुदाँ नगरवडाभित्रको सम्पतिको अवस्थाबारे स्थलगत जानकारी लिनुपर्ने बताएका थिए । फोकल पर्सन हरिनाराण उपाध्यले सहजीकरण गरेका सो छलफल कार्यक्रममा बेनपाका मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल र प्रशासकिय अधिकृत तेजनाथ शर्मा, वडा अध्यक्ष, सदस्य र वडा सचिव लगायतको उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l