अन्नपुर्ण गाउँपालिकाको स्थानीय सरकार संचालनका लागि कानुन निर्माण प्रक्रिया सुरु

  • ३ बैशाख २०७५, सोमबार
  • 1627 पटक पढिएको

अन्नपुर्ण, ३ बैशाख । अन्नपुर्ण गाउँपालिकामा स्थानीय सरकार संचालन लागि कानुन बनाउने प्रक्रिया सुरु भएको छ । गाउँपालिका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा सोमबार सम्पन्न कार्यपालिकाको बैठकले विभिन्न ६ कार्यविधि बनाउन विषयगत समितिलाई जिम्मेवारी दिएको छ।
बैठकले सहकारी, शिक्षा, घ वर्गको निर्माण ब्यवसायि अनुमति पत्र जारी गर्ने, आन्तरिक आम्दानी, राजश्व, प्राकृतिक स्रोत, एम्वुलेन्स संचालन, अपाङ्गता र दलित, आकस्मिक महिला कोष, विपत ब्यवस्थापन सम्वन्धि कार्यविधि बनाउने निर्णय गरेको छ ।
विषयगत समितिले पेश गरेको मस्यौदाको आधारमा गाउसभाँले कानुन निर्माण गर्ने प्रमुख प्रशासकिय अधिकृत अच्युत दाहाले जानकारी दिएका छन् । त्यसैगरि सो कार्यपालिको बैठकल्े महिला तथा बालबालिका शाखा र वन शाखा कायक्रमको लागि ५/ ५ लाख छुट्याएको गाउँपालिकाका प्रवक्ताले जानकारी दिएका छन् ।
सो बैठकमा गाउँपालिका विकासको गतिविधि, जलस्रोत, पर्यटन र कृषि लगायत विविध विषयको समेत छलफल गरिएको थियो ।