घुमाउनेतालमा हुन लागेको खेलकुद एवंम् साँस्कृतिक मेलालाई सहयोग जुट्दै

  • ३ बैशाख २०७५, सोमबार
  • 3116 पटक पढिएको

म्याग्दी, ३ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेताल स्थित कालिगण्डकी रिसोर्टमा नयाँ बर्षको अवसरमा आयोजना हुन लागेको विविध खेलकुद एवम साँस्कृतिक मेलालाई विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको छ । गायत्री संगम युवा क्लब घुमाउनेतालको आयोजनामा यही बैशाख ४ गतेदेखि ८ गतेसम्म हुन लागेको विविध खेलकुद एवम् साँस्कृतिक मेलालाई सफल बनाउन आर्थिक सहयोग जुट्न थालेको हो ।


उक्त कार्यक्रमलाई सफल बनाउन रघुगंगा आमा समुहले नगद रु ३५ हजार १०५ र पर्वतको नाग्लीबाङ घर भएका निकेश श्रेष्ठले नगद रु १५ हजार सहयोग गरेको क्लबका अध्यक्ष कुमार तिलिजाले बताउनुभयो । उहाँका अनुसार, खेलकुद प्रतिभा र कला संस्कृतिको पहिचान र प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको मेलालाई सफल बताउन विभिन्न व्यक्ति एवम संघ संस्थाबाट पनि सहयोगको प्रतिबद्धता आएको छ । मेलामा पुरुष पौढ भलिबल, महिला भलिबल र लठो तान्ने प्रतियोगिता सञ्चालन गरिनेछ ।

प्रतियोगितामा बिजेता र उपबिजेतालाई नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । पौढ भलिबलमा बिजेतालाई नगद रु ३५ हजार ३५ र उपबिजेतालाई रु २० हजार २५, महिला भलिबलमा बिजेतालाई नगद रु १५ हजार र उपबिजेतालाई नगद रु ८ हजार तथा लठो तान्ने प्रतियोगितामा बिजेतालाई नगद रु ५ हजार नगद सहित पुरस्कृत गरिनेछ । प्रतियोगिता वडा स्तरीय खेलाईने क्लबले जनाएको छ । उक्त मेलामा स्थानीय एवम चर्चित कलाकारहरुद्धारा विविध साँस्कृति प्रस्तुतीहरु समेत राखिने क्लबका सदस्य धन पुर्जाले जानकारी दिनुभयो ।