मोना कोरियाको दोश्रो बिस्तारित बैठक एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • २ बैशाख २०७५, आईतवार
  • 2163 पटक पढिएको

म्याग्दी, २ वैशाख । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कोरियाको दोस्रो विस्तारित वैठक एवम नयाँ बर्ष २०७५ सालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त बैठकले मोना कोरियाको संरक्षकमा बिनोद कुँवर ,भरत तुलाचन र भक्त शेरचनलाई चयन गरेको छ । त्यसैगरि मोना कोरियाको सल्लाहकारहरूमा ओमनारायण जुग्जाली ,आलोक बानीया‘, लोक आचार्य ,यु . ब मल्ल , याद ब. गर्बुजा पून, सुवास श्रेष्ठ, मनु रोका, अमर छन्त्याल , टंक पाइजा र रत्न छन्तयाललाई चयन गरिएको सचिब सुमन पौडेलले जानकारी दिनुभयो ।

उक्त बैठकले गणेश बोगटी , विकास हमाल, लक्ष्मण घिमिरे र महेश छन्तयाललाई कार्यसमितिमा मनोनित गर्ने निर्णय समेत गरेको छ ।
मोना कोरियाले संचालन गर्दै आएको म्याग्दी घरलाई अझ ब्यबस्थित र दिगो रूपले संचालन गर्नका लागि मोना कोरियाको मातहतमा रहनेगरि आलोक बानियाँको संयोजकत्वमा अमर छन्त्याल र सुमन पौडेल सदस्य रहेको म्याग्दीघर संचालक उप समिति गठन गरेको उक्त बैठकले कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरूको आपसी सद्भाव र भाईचारा वृद्धि गर्दै विभिन्न सामाजिक कार्य गर्ने गरि भावी योजना तर्जुमा समेत गरेको छ ।

मोना कोरियाका अध्यक्ष किसान सेनको अध्यक्षता र सचिब सुमन पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा नयाँ बर्षको अवसरमा एक अपसमा शुभकामना आदान प्रदान समेत गरिएको थियो । उक्त बैठक बिनोद कुँवर ,भरत तुलाचन,भक्त शेरचन ,आलोक बानियाँ ,याद गर्बुजा पुन,मनु रोका , लोक आचार्य ,टंक पाइजा ,रत्न छन्त्याल ,अमर छन्त्याल लगायतका ब्यक्तिहरूको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।