भिजिट भिसामा दुबई पुगेका अधिकारीको मोना यूएईद्धारा उद्वार

  • २ बैशाख २०७५, आईतवार
  • 1747 पटक पढिएको

 

म्याग्दी, २ बैशाख । रोजगारीको लागि यूएई पुगेका बेनी नगरपालिका ५ का प्रयास अधिकारीलाई मोना यूएईले उद्वार गरेको छ ।
होटलमा काम गदैं गरेको अवस्थामा भिसा नलागेपछि म्याद ओभर स्टे भई होटल मालिकले अन्तिम समयमा टिकट खर्च मात्रै दिएर पठाएको अवस्थामा एरर्पोटमा प्रहरीले पक्राउ गरेको थियो ।

अधिकारीलाई परेको समस्या मोना युएईलाई जानकारी भएपछि उद्वार गरिएको मोना युएईका अध्यक्ष प्रकाश कार्कीले जानकारी दिएका छन् । मोना यूएईको अनलाइन बैठकबाटै टिकट सहयोग गर्ने निर्णय समेत भएको थियो । मोना यूएईले रोजगार तथा विभिन्न माध्यमबाट यूएईमा पुगेर समस्यामा परेका म्याग्देलीलाई सहयोग गर्दै आएको छ। रोजगारी, दुर्घटना, विरामी लगाएत विभिन्न समस्यामा तत्काल सहयोग गर्ने भएकाले युएईमा रहेका म्याग्देलीहरु संस्थामा आवद्ध हुने संख्या  बढेको संस्थाले जानकारी दिएको छ ।