डेमोक्रेटिक लर्यस एशोसिएनसनमा पराजुली

  • २ बैशाख २०७५, आईतवार
  • 1383 पटक पढिएको

म्याग्दी, २ वैशाख । डेमोक्रेटिक लर्यस एशोसिएनसन म्याग्दीको अध्यक्षमा पुनः डण्डपाणी पराजुली चयन भएका छन् । आइतबार बेनीमा सम्पन्न एशोसिएनसनको तेस्रो जिल्ला अधिवेशनले पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिका उपाध्यक्षमा अभिवक्ता ठाकुर प्रसाद आचार्य, सचिबमा अधिवक्ता प्रकाश सुवेदी र कोषाध्यक्षमा अधिवक्ता पशुपति विक रहेका छन् ।

सदस्यहरुमा अधिवक्ताहरु ओम प्रसाद शेरचन, ईश्वरी गिरि, हरि गीरि, नवराज शर्मा, कमलप्रसाद पौडेल र अभिवक्ता भद्र बहादुर कार्की चुनिएका छन् । अधिवेशनले महाधिवेशन प्रतिनिधीमा वरिष्ठ अधिवक्ता डा. भुपेन्द्र खड्का, अधिवक्ताद्धय चिरञ्जीवि शर्मा र सागरजीवि उपाध्यायलाई चयन गरेको छ । यसअघि अध्यक्ष पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता खड्काले कानुन व्यवसायीहरु लोकतन्त्रको रक्षाका लागि एकजुट हुनुपर्ने समय आएको बताए । उनले विधि शासनका लागि लोकतन्त्र बलियो हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन सचिब अधिवक्ता प्रकाश सुवेदीले गरेका थिए ।