बालविवाहमा पुगेर भोज खाने कि ! बालविवाह न्युनिकरण गर्ने ? जनप्रतिनिधि ज्यू !

  • २ बैशाख २०७५, आईतवार
  • 2525 पटक पढिएको

गत फागुनमा म गाउँ घुम्दै थिए, त्यसै बिच आमा–छोरी (छोरी करिव १७–१८ बिचको) वार्तालाभको केहि अशं सुन्ने मौका मिल्यो ।
छोरी कल्पना(नाम परिवर्तन) : ( नाइँ आमा म त बिहे गर्दिन ,आफ्नो खुट्टामा आफै उभिन चाहान्छु , मलाई अहिल्यै श्रीमान् श्रीमान् कोहि चाहिंदैन )
आमा:( त्यस्तो भनेर हुन्न छोरी, जिन्दगी लामो छ ,यहि यात्रामा जानअन्जानमा तिमीबाट गल्ती भइहाल्यो भने दोष कसमाथि थुपार्ने नि , त्यसैले श्रीमान् त चाहिन्छ छोरी, अहिले केटा कुलघरनाकै छ, पैसापनि टन्न कमाएकै छ )
म सगै भएको शंका पाएर उहाँहरुले कुरा मोड्नु भो ।
केहि दिनपछि ति बहिनीको धुमधाम सगँ विहे भयो ।
त्यहि महिनामा ४ जना भन्दा बढिको बालविवहा भयो ।

म्याग्दी जिल्ला, रघुगगां गाउँपालिका–२, भगवती बडा, सम्भवत राजनितीक चेतनाका हिसावले म्याग्दी जिल्लामा नै अव्वल ठहरिन्छ । प्रदेश‘नं १ सभाका संसद, जिसस प्रमुख र गाउँपालिका प्रमुख एउटै वडाका रहेका छन् । गाउँ बाहिरकालाई लाग्न सक्छ आहा !!, कति विकसित होला त्यो वडा ?

तर वाहिरीले सोचेको जस्तो छैन रघुगगां गाउँपालिका–२, भगवती, गत बर्ष अर्थात २०७४ सालमा जनप्रतिनीधीहरुकै प्रत्येक्ष संलगनतामा १८ भन्दा बढि बालविवहा भैसकेका छन् । सायद उहाँहरुको दिमाखमा कहिल्यै आएनकी २० बर्ष मुनिको विवहा बालविवहा हो । मस्तसगँ भोजभतेर गरेर फर्कनुभयो, कोहि मस्तसगँ सम्धीसम्म बन्न भ्याउनुभयो । वा प्रतिनिधी ज्यु वा !! नेपाल सरकारले २० बर्ष भन्दा सानो उमेरमा गरिने विवहा बालविहाको रुपमा घोषणा गरेको छ । नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,२०७२ ले मुलुकी ऐन, २०२० मा भएको संशोधन गरी विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकेको छ ।

उक्त कानुनी व्यवस्थाको उल्लंघन गरेमा वालवालिकाको उमेर अनुसार बढीमा तीन बर्षसम्म कैद र दश हजार रुपैयासम्म जरीवाना गर्न सक्ने व्यवस्था समेत गरिएको छ । साथै नेपाल सरकारले कक्षा ११–१२ लाई पनि माध्यमिक तहमा समायोजन गरेको छ । सामान्यतया कक्षा ११–१२ मा अध्ययन गर्ने विद्यार्थी १७ बर्ष देखि २० बर्ष भित्रकै हुन्छन् । यो उमेर भनेको आफ्नो भविश्यको मार्ग निमार्ण गर्ने र आफुलाई बुझ्ने उमेर हो ।

केहिबेर म गहिरो सोचमा परे, किन र कति कलिला बालबालिका नचाहादै नचाहादै विवहाको बन्धनमा बाधिएर आफ्नो अमुल्य जिवन खेर फाल्दै छन् । यहि कुराको अध्ययन गर्नका लागी हाम्रो समुह (समृद्ध रघुगगां गाउँपालिका युवा अभियान फेसबुक परिवार, भगवती युनिट) तथ्याङ्क निकाल्न रघुगगां गाउँपालिका वडा नं २ मा अवस्थित श्री मुक्तिधाम माध्यमिक विद्यालयमा पुगियो ।

त्यस विद्यालयमा अध्यन गरेका र एक बर्षमा भएको विवहा भएका विद्यार्थीको उमेर हेर्दा अधिकांश १७ बर्ष भन्दा माथिका पाहिएनन् ।  अझ कक्षा १० मा अध्ययनतर २ जना र ९ मा अध्ययनरत १ छात्राको पनि यसै वर्ष विहे भैसकेको रहेछ । र यसमा सतप्रतिशत छात्राहरुनै बालविवहाको शिकार भएका छन् ।

चाहादा नचाहादै पनि गाउँमा बालविवहाको दर नियनत्रण हुन सकिरहेको छैन् । गाउँ घरमा जति पनि बालविवहा भएका छन्, यस ठाउँमा सोहि विद्यालयका शिक्षकहरु स्वयंम उपस्थित भएका छन्, प्रदेश संसद, गाउँपालिका प्रमुख, बडा अध्यक्ष र जनप्रतिनीधी स्वयंम उपस्थीती भैरहेका छन् तर पनि सबै मुकदर्शक भैरहेका छन् ।

यो एउटा प्रतिनीधी वडा र क्षेत्री बाहुनको बाहुल्यता भएको क्षेत्रको उदारण हो । हाम्रो यस रघुगगां गाउँपालिका जनजाती र दलित बाहुल्यता भएको क्षेत्र हो । उनिहरुलाई राज्यले पिछडिएको बर्गको सुचिमा सुचिकृत गरेको छ । हाम्रो गाउँपालिकाका ६ बटा वडामा जनजातिको बाहुल्यता छ । यस भेगमा बर्षेनि सयौं बालविवहा भैरहेको छ जुन मिडिया र मिडियाकर्मिको, एनजियो, आईएनजियो, बालअधिकारकर्मी, पुलिस प्रसासन आदिको पहुचभन्दा टाढा रहेका छन् । नेपाल सरकारले २० बर्ष भन्दा सानो उमेरमा गरिने विवहा बालविहाको रुपमा घोषणा गर्दा हामी सबैको दाहित्व भनेको बालविवहाको अन्त्य गरि एक बैचारिक, शाररिक र मानसिक रुपमा स्वच्छ, समुन्नत र समृद्ध समाजको निमार्ण गर्नु हो ।

समृद्ध रघुगगां गाउँपालिका युवा अभियान फेसबुक समुह भगवतीको अवको यात्रा
“बालविवहा सधैका लागी अन्त्य गरौ” भन्ने मुल नारा सहित, हामीले रचनात्मक विद्रोह सुरु गर्ने निर्णय गरिएको छ । स्थानिय तह, प्रहरी, आमा समुह, युवा क्लव लगायतको सम्वन्यमा बालविवहाको अन्त्यका लागी आवाज उठाईने छ । र यदि कहि कतै बालविवहा भएको सुचना भएमा, प्रहरी प्रशासनमा खुला रुपमा विवहामा समाबेस भएका सबैको नाममा सार्वजनिक मुद्धा हालिने जानकारी गराईन्छ ।
लेखक सागर भण्डारी ।
(नाेट : यो लेख लेखकको व्यक्तिगत विचार हुन् । उनको विचारसंग यस अनलाईनको कुनै सम्बन्ध छैन् ।)