उत्तर प्रदेशमा भाजापालाई अत्याधिक बहुमत

  • २८ फाल्गुन २०७३, शनिबार
  • 1647 पटक पढिएको

s3

फाल्गुन २८, २०७३ । भारतीय प्रान्त उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीले ठूलो विजय हासिल गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी आवद्ध पार्टी भाजपाले ४०३ सिटमा तीनसय बढी सिटमा जित पाएको छ । भाजपाले कुनै पनि राज्यमा पाएको यो सबैभन्दा ठूलो सफलता हो ।

अहिलेसम्मको नतिजाअनुसार भाजपाले ३ सय २३ सिट जितेको छ । समाजवादी पार्टी र कंग्रेस गठबन्धनले ५४ सिट जितेको छ । यसैगरी, बहुजन समाज पार्टीले १९ सिट जितेको छ ।

मुख्यमन्त्रीको लागि कुनै नेतालाई घोषणा नगरी भाजपाले उत्तर प्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा प्रचार गरेको थियो ।