मालिका गाउँपालिकाको रोड इनभेन्ट्री सुरु

  • २९ चैत्र २०७४, बिहीबार
  • कमल खत्री
  • 2551 पटक पढिएको

म्याग्दी, २९ चैत । म्याग्दीको मालिका गाउँपालिकाले सडकलाई व्यवस्थित गर्न रोड इन्भेटन्ट्री सूरु गरेको छ । गाउँपालिका भित्र रहेका मुख्य र सहायक सबै सडकको तथ्याङ्क संकलन गर्ने र अवस्था पक्ता लगाएर आगामी योजना तर्जुमा गर्दा आधार बनाउनको लागि परामर्शदाता कम्पनीसंगको सहकार्य गरि अध्ययन सुरु गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

वडा नम्बर १ निस्कोटबाट सुरु गरिएको सडकको अवस्था अध्ययन टोलीले सम्बन्धित वडाका अध्यक्षहरुसंगको रोहोवरमा सडकहरुको तथ्याङ्क लिने गरेका छन् । सो क्रममा जिपिएस प्रविधि मार्फत सडकको सख्ंया, दुरी र अवस्था सहितको तथ्याङ्क संकलन गरिँदै आईएको छ ।

रोड इन्भेन्ट्रीको काम सक्न करिब १ महिना लाग्ने र उक्त प्रतिबेदनको आधारमा आगामी बर्षको सडक योजनाहरुको योजना छनौट गर्न सहयोग पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार, सबै सडकको अबस्था र सख्ंया सहितको तथ्याङ्क संकलन भएपछि आगामी बर्षदेखि सडक योजनाहरुमध्ये गौरबका योजनाहरु छनौट गरि प्राथमिकताको साथ स्तरोन्नती गरिनेछ ।

मालिका गाउँपालिकाको केन्द्रदेखि हरेक वडा कार्यालयसम्म बाह्रै महिना सडक सुचारु हुने गरि सडकलाई व्यवस्थित गर्ने योजना रहेको अध्यक्ष रोकाले बताउनुभयो । यस गाउँपालिकाको वडा नम्बर ३ रुम डाँडागाउँ बाहेक अन्य वडाहरुमा सडक यातयातको पहुँच विस्तार भैसकेको छ । डाँडागाउँमा सडक पहुँच पु¥याउन चालु आर्थिक बर्षमा रु ३५ लाख बजेट गाउँपालिका मार्फत विनियोजन भई सडक विस्तारको काम भैरहेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l