मोनाको सञ्जाल विस्तार हुदै

  • २९ चैत्र २०७४, बिहीबार
  • 2227 पटक पढिएको

म्याग्दी, २९ चैत । विश्वका विभिन्न देशमा छरिएर रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय फ्रान्स र मकाउमा विस्तार हुने भएको छ । हाल विश्वका २४ देशमा गठन भएको मोनाको राष्ट्रिय समिति गठन गर्नका लागि फ्रान्समा तप्तबहादुर भण्डारी र मकाउमा चिरिञ्जवी पौडेललाई जिम्मेवारी दिइएको मोनाका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो ।

रोजगारी, अध्ययन, ब्यवसाय लगायत विभिन्न पेशा ब्यवसायका लागि बिदेशमा पुगेका म्याग्देलीहरुलाई संगठीत गरि उनिहरुलाई प्रवासमा दुख पर्दा, जिल्लाको शिक्षा, स्वास्थ्य, सामाजिक विकासको क्षेत्रमा सहयोग गर्ने उद्देश्यले तिन वर्षअघि मोना गठन भएको थियो ।

अप्रिल १५ मा फ्रान्स तथा अप्रिल महिना भित्रमा मकाउमा मोना गठन हुने अध्यक्ष थापाले बताउनुभयो । यसैगरी साउदी अरेबिया, आयरल्याण्ड, स्विडेन, नर्बे, स्विजरल्याड, डेनमार्क, मलेसिया, माल्दिप्स, साईप्रस र अमेरीकामा समेत मोना गठनको पहल भैरहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।