भेट्ने कैले ! कैले ! गितको म्युजिक भिडियो छायांकन

  • २८ चैत्र २०७४, बुधबार
  • 3169 पटक पढिएको

म्याग्दी, २८ चैत । गायक हिरा बाग्दासको भेट्ने कैले कैले बोलको लोकदोहारी गितको म्युजिक भिडियो छायांकन गरिएको छ । विविध कारणले प्रवासमा पुगेका युवकले आफ्नो प्रेमीकालाई भेट्न आतुर भएको कथा बस्तुलाई समेटीएको उक्त गितको म्युजिक भिडियो म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेताल स्थित कालिगण्डकी रिसोर्टमा छायांकन गरिएको हो ।


वि.एस. फिल्म प्रोडक्सनले तयार गर्न लागेको उक्त म्युजिक भिडियोमा म्याग्देली युवा कलाकारहरु सुनिल बानियाँ र विदुर बराईलीले संयुक्त निर्देशन गरेका छन् । मोडल सागर पौडेल र सिमान्त बानियाँको अभिनय रहेको उक्त म्युजिक भिडियोको छायांकन गणेश सापकोटाले गरेका छन ।


सर्जक हिरा बाग्दासकै शब्द संगीत रहेको सो गितमा गायक बाग्दास र गायीका लक्ष्मी परियारले स्वर भरेका छन् । अहिलेको नेपाली परिबेशलाई आधार मानेर बनेको गितलाई यर्थातमा रुपान्तरण गर्ने गरि म्युजिक भिडियो तयार पार्न कोसीस गरेको निर्देशकद्धय बानियाँ र बराईलीको भनाई छ । उक्त म्युजिक भिडियोलाई छिट्टै युटुब मार्फत बजारमा ल्याउने तयारी गरिएको छ ।