यातायात ब्यवसायी थापाले गित मार्फत बिछोडको पिडा सार्वजनीक गरे (भिडियाे सहित)

  • २८ चैत्र २०७४, बुधबार
  • 4029 पटक पढिएको

म्याग्दी २८ चैत  म्याग्दीको धौलागिरी गाउँपालीका ७ धारापानीका छत्रराज थापाको पञ्चेबाजा गित “सुनकै थालमा खाउ” सार्वजनीक भएको छ ।

थापाको शब्द रहेको गितमा उनिसंगै ताकमका किशोर सुवेदी र पूर्णकला बि.सीको स्वर रहेको छ । किशोर सुवेदीले निर्देशन गरेको यो गितको म्युजीक भिडीयो म्युजीक नेपाल मार्फत युट्युवमा सार्वजनीक भएको हो ।

धारापानी र पोखरामा छायांकन गरिएको म्युजीक भिडियोमा थापा र सिता गुरुङको अभिनय रहेको छ । सवारी चालकको रुपमा यातायात ब्यवसाय गर्दै आएका थापाले यसअघि परेलीमा आसु पारेर बोलको लोक दोहोरी गित बजारमा ल्याएका थिए ।

“तिम्ले सुख धनैमा भेट्यौ, चोखो माया गर्नेको मन रेट्यौ, हाँसी हाँसी जाउ सानु (२), धनी घरमा गएर सुनकै थालमा खाउ” भन्दै थापाले माया प्रेममा धनी र गरिबको बाहनामा हुने बिछोडको पिडालाई उजागर गरेका छन् ।