म्याग्देली गायक भुजेलको ‘जन्ती र मलामी’ एलबमको छायांकन

  • २७ चैत्र २०७४, मंगलवार
  • 2233 पटक पढिएको

चैत २७ म्याग्दी । म्याग्देली गायक राजन भुजेलको ‘जन्ती र मलामी’ एलबमको छायांकन गरिएको छ । सर्जक फौद कटुवालको शब्द सिर्जनामा गायक राजन भुजेल र गायीका कृष्ण परियारको स्वरमा ‘ अर्कै बाटो खन्नै पर्नी भो ’बोलको गित रेकर्ड गरि उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याउने तयारी गरिएको हो । उक्त गितको म्युजिक भिडियो छायांकन सकेर अहिले सम्पादनको काम थालिएको र छिट्टै बजारमा आउने गायक भुजेलले बताउनुभयो ।


ऋषि खड्काको लय रहेको उक्त गितमा विनोद बाजुरालीले एरेन्ज , राजेन्द्र बाजुरालीले रेकडीङ र खड्ग बाजुरालीले मिक्सिङ गरेका हुन् । गलेश्वर म्युजिक सेन्टर मार्फत बजारमा ल्याउने तयारी गरिएको उक्त गितको म्युजिक भिडियोमा विमल अधिकारी र सारिका केसीले अभिनय गरेका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको उक्त म्युजिक भिडियो सत्य साइराम फिल्म प्रा.लिले तयार पार्न लागेको हो । करिब २ दशकदेखि साँगेतिक क्षेत्रमा सक्रिय रहेका गायक भुजेलले यस अघि करिब २ दर्जन एल्बमहरुमा स्वर भरिसकेका छन् ।