म्याग्देली गायक रसाईलीको ‘छुटे माया‘ बजारमा ( भिडियो सहित)

  • २७ चैत्र २०७४, मंगलवार
  • 2485 पटक पढिएको

म्याग्दी, २७ चैत । म्याग्देली गायक बाबुराम रसाईलीको ‘छुटे मायाँ’ बोलको लोकदोहोरी गित बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँ घर भएका बराईलीले उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । म्याक्सम रसाईलीको शब्द संकलन गरेको उक्त गितमा गायक बाबुराम रसाइली र गायीका पानु रोकाको स्वर भरेका छन् ।

वाईड पोखरा मार्फत बजारमा ल्याईएको उक्त गितको म्युजिक भिडियोलाई युटुव मार्फत सार्वजनिक गरिएको हो । सो गितको म्युजिक भिडियोमा रोशनी विसी र कमल घर्ति मगर लगायतका कलाकारले नृत्य एवम अभिनय गरेका छन् । राज पटेलले छायांकन गरेको म्युजिक भिडियोमा दिनेश शर्मा मरासिनीले सम्पादन एवम धर्मेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

म्याग्दीको बेनी बजार लगायतका विभिन्न क्षेत्रहरुलाई समावेश गरि तयार गरिएको उक्त गितले म्याग्दीका पर्यटकीय ठाउँहरुलाई चिनाउन सहयोग पुग्ने गायक रसाईलीको भनाई छ ।गायक रसाईलीले यस अघि मायाँ तिम्ले कहिले नी नभुल बोलको गित बजारमा ल्याईसकेका छन् ।