कालिगण्डकी रिसोर्टमा नयाँ बर्षको अवसरमा खेलकुद एवम साँस्कृतिक मेला आयोजना

  • २६ चैत्र २०७४, सोमबार
  • 2949 पटक पढिएको

म्याग्दी, २६ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेताल स्थित कालिगण्डकी रिसोर्टमा नयाँ बर्षको अवसरमा विविध खेलकुद एवम साँस्कृतिक मेला आयोजना गरिएको छ । गायत्री संगम युवा क्लब घुमाउनेतालको आयोजनामा आगामी बैशाख ४ गतेदेखि ८ गतेसम्म विविध खेलकुद एवम् साँस्कृतिक मेला आयोजना गरिएको हो ।

मेलामा पुरुष पौढ भलिबल, महिला भलिबल र लठो तान्ने प्रतियोगिता सञ्चालन गरिएको क्लब अध्यक्ष कुमार तिलिजाले बताउनुभयो । उहाँको अनुसार, प्रतियोगितामा बिजेता र उपबिजेतालाई नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । पौढ भलिबलमा बिजेतालाई नगद रु ३५ हजार ३५ र उपबिजेतालाई रु २० हजार २५, महिला भलिबलमा बिजेतालाई नगद रु १५ हजार र उपबिजेतालाई नगद रु ८ हजार तथा लठो तान्ने प्रतियोगितामा बिजेतालाई नगद रु ५ हजार नगद सहित पुरस्कृत गरिनेछ ।

प्रतियोगिता वडा स्तरीय खेलाईने क्लबले जनाएको छ । उक्त मेलामा स्थानीय एवम चर्चित कलाकारहरुद्धारा विविध साँस्कृति प्रस्तुतीहरु समेत राखिने क्लबका सदस्य धन पुर्जाले जानकारी दिनुभयो । यसैबिच मेलालाई सफल बनाउन क्लबले आर्थिक संकलन अभियानलाई तिब्र बनाएको छ । हालसम्म गोविन्द शाही, कृष्ण कुमार शेरचन, रघुगंगा आमा समुह, कालिगण्डकी रिसोर्ट लगायतका व्यक्ति एवम संस्थाहरुबाट सहयोगको प्रतिबद्धता आएको र मेला सञ्चालनको लागि अन्य खर्चहरु जुटाउन अभियानलाई तिब्रता दिईएको क्लब अध्यक्ष तिलिजाले बताउनभयो ।