तोरन्ल गोल्डकपको उपाधी बुर्तीवाङलाई

  • २६ चैत्र २०७४, सोमबार
  • 2207 पटक पढिएको

म्याग्दी २६ चैत । दसौ तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिताको उपाधि थकाली सेवा समिति बुर्तीवाङले जितेको छ ।ढोरपाटन नगरपालीका १ बुर्तीवाङमा शनिबार सम्पन्न प्रतियोगितामा १३९ स्कोर गर्दै बुर्तीवाङले उपाधि जितेको हो । १३२ स्कोर गर्दै बेनी क्षेत्र दितृय र १२५ स्कोर गर्दै काठमाडौ क्षेत्र तितृय, पोखरा चौथो र बुटवल पाँचौ भएका छन् ।

थकाली सेवा समिति नेपालको आयोजना र बुर्तीवाङ क्षेत्रको आतिथ्यतामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १७ क्षेत्रका एक सय जना भन्दा बढी खेलाडीहरु सहभागी थिए । प्रतियोगिताको बिजेताले नगद पचास हजार रुपैया सहित गोल्डकप, शिल्ड, प्रमाणपत्र र मेडल तथा दोस्रोले तिस हजार रुपैया नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

तितृयलाई नगद बिस हजार, मेडल र प्रमाणपत्र तथा चौथो, पाँचौ हुने समूहलाई छ हजार र चार हजार रुपैया पुरस्कार प्रदान गरिएको छ ।थकाली समुदायको पौराणीक तारो हान्ने खेलको संरक्षण, खेल प्रर्यटनको विकास र प्रर्वद्धन गर्ने उद्देश्यले समितिले प्रत्येक दुईदुई वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ ।