धौलागिरीमा वेभसर्वरको सेवा विस्तार

  • २२ चैत्र २०७४, बिहीबार
  • 2836 पटक पढिएको

बेनी २२ चैत । ईन्टरनेट प्रदायक कम्पनी वेभसर्वरले धौलागिरी क्षेत्रमा सेवा विस्तार गरेको छ । नेपाल ईन्नोभेसन प्रा.ली बेनीले म्याग्दी, पर्वत र बागलुङमा बिहीबारदेखि वेभसर्वरको ईन्टरनेट सेवा विस्तार गरेको हो । “घरघरमा फास्ट ईन्टरनेट” भन्ने नाराका स्थापना भएको प्रा.लीले तिब्र गतिको गुणस्तरीय ईन्टरनेट सेवा प्रदान गर्ने सञ्चालक बामदेव रिजालले जानकारी दिनुभयो ।

सेवा सुरुवातको अवसरमा विभिन्न प्याकेजमा छुटको समेत व्यवस्था गरिएको रिजालले बताउनुभयो ।  म्याग्दीमा पछिल्लो समय ईन्टरनेट सेवा प्रदायक संस्थाहरुको प्रतिस्पर्धा बढेको छ । नेपाल टेलीकम, म्याग्दीकाली सञ्चार सहकारी संस्था, एमआईटी, प्रिमीयर लगायतका संस्था तथा कम्पनीले म्याग्दीमा ईन्टरनेट सेवा दिदै आएका छन् ।