मोना दक्षिण कोरियाको नयाँ नेतृत्व चयन, अध्यक्षमा सेन

  • १८ चैत्र २०७४, आईतवार
  • 2955 पटक पढिएको

म्याग्दी, १८ चैत । कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कोरियाको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको बाहै अधिवेशनबाट किसान सेनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा सुनेश केसी उपाध्यक्षमा दुर्गा भण्डारी रोशनी केसी, सचिवमा सुमन पौडेल, सहसचिवमा एडमेन छन्त्याल कोषाध्यक्ष मनिश गौचन, सह–कोषाध्यक्ष संगिता गुरूङ चयन हुनुभएको छ ।

अधिबेशनबाट सदस्यमा रतन पौडेल, रिम भण्डारी, लोक भट्टराई, पवित्रा छन्त्याल, मिठू शाही, मन पुर्जा पुन, नर बहादुर पुन, सविना पुन र कविता गुरूङ र खेलकुद संयोजकमा बिजयी काकी भयन भएको नवनिर्वाचत सचिब सुमन पौडेलले जानकारी दिनुभयो । अधिबेशनको उद्घाटन गर्दै मोना कोरियाका संरक्षक भरत तुलाचनले कोरियामा रहेका म्याग्देलीहरुबिच थप सहकार्य बढाएर जिल्लाको सामाजिक क्षेत्रमा सहयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा मोना अन्तराष्ट्रियका उपाध्यक्ष ओमनारायाण जुग्जाली, ठुकरी समाज दक्षिण कोरियाका अध्यक्ष यू बहादुर मल्ल, लोक आचार्य, सुवास श्रेष्ठ, छन्त्याल संघका अध्यक्ष अमर छन्त्याल, पुन समाजका अध्यक्ष याद गर्वुजा, खेलाडी दिनेश कार्की लगायतले मन्तव्य राख्नुभएको थियो । उक्त अबसरमा पुन मगरहरुको पहिचान झल्कने साँस्कृतिक प्रस्तुतीहरु समेत राखीएको थियो ।

प्रवासमा पुन समाजका कलाकारहरुले राखेको पुख्र्यौली नृत्यले कार्यक्रममा सहभागीहरुलाई भरपूर्ण मनोरञ्जन दिएको थियो । पुन समाजको अगुवाईमा अन्य विविध साँस्कृतिक प्रस्तुतीहरु समेत राखिएको थियो ।

संस्थाका अध्यक्ष लोक बहादुर बानियाँ आलोकको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष दुर्गा भण्डारीद्धारा आर्थिक र सचिव सुनेश केसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने किसान सेनले स्वागत र सुनेश केसीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । मोना कोरियाले कोरियामा रहेका म्याग्देलीहरुमा आईपर्ने समस्या समाधानसंगै जिल्लाको स्वास्थ्य, शिक्षा, विपन्नको उपचार लगायतको क्षेत्रमा सहयोग गर्दै आएको छ ।