म्याग्देली कलाकार श्रीपालको ‘गैरि गाउँको मेला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  • १६ चैत्र २०७४, शुक्रबार
  • 4172 पटक पढिएको

म्याग्दी, १६ चैत । म्याग्देली कलाकार अमृता श्रीपालले मौलीक झ्याउरे भाकाको ‘गैरी गाउँको मेला बोलको’ गित बजारमा ल्याएकी छिन् । परम्परागत मेला पर्वहरुमा साटिने मायाँ प्रेमलाई समावेश गरि उनले उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएकी हुन् ।

सुमन परियारको शब्द सिर्जना रहेको उक्त गितमा गायीका श्रीपाल र गोर्खाली गायक रन्जित परियारले स्वर दिएका छन भने संगीत गायक परियार ले नै भरेका छन् । म्याग्दीको बेनी नगरपालिका–३ घर भई हाल काठमाण्डौमा रहेर साँगेतिक क्षेत्रमा लागेकी कलाकार श्रीपालले यस अघि पनि एक दर्जन बढी गितहरुमा स्वर दिईसकेकी छिन् ।

उक्त गितको म्युजिक भिडियोमा दिर्देशक समेत रहेका शंकर विसी, अलिना देउजा, जिवि नेपाली, निशा पुरी लगायतले नृत्य गरेका छन् । भावना म्यूजिक सोलुसनको प्रस्तुतिमा बजारमा आएको यस गीतलाई युट्युब मार्फत म्युजिक भिडियो सहित बजारमा ल्याईएको छ । सबैको जनजिब्रोमा बस्न सक्ने गितमा उत्कृष्ट म्युजिक भिडियो भएकाले धेरैले सो गितलाई मन पराएको प्रतिकृया पाएको गायीका श्रीपालले बताईन् ।