कांग्रेस नेता खुमबहादुर खड्काको भारतमा निधन

  • १६ चैत्र २०७४, शुक्रबार
  • 1791 पटक पढिएको

चैत १६ गते । भारतमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराईरहेका खड्काको आज दिउँसो उपचारकै क्रममा शुक्रबार खड्काको निधन भएको नेपाली काँग्रेसले पुष्टि गरेको छ ।
उनको शबलाई नेपाल ल्याउनेबारे परिवारसंग आवश्यक छलफल भैरहेको काँग्रेसले जनाएको छ ।

गत छाती र मिर्गौलामा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनलाई त्यहाँ सुधार नभएपछि नयाँ दिल्लीमा रहेको एपोलोमा लगिएको थियो ।

एपोलोमा आइसीयुमा राखेर उपचार भएपनि सुधार हुन सकेको थिएन । काँग्रेसका पूर्व महामन्त्री समेत रहेका उनी पूर्व गृहमन्त्री समेत हुन् ।

भ्रष्टाचार काण्डमा जेल सजाँय भुक्तान गरेपछि कांग्रेसमा खासै सक्रिय नभएका उनी गत महाधिवेशनबाट भने केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी नेपाललाई हिन्दु राष्ट कायम गराउने अभियानमा लागेका थिए ।