‘हिमालपारी मुस्ताङमा पहिलो ट्राई एड्भेन्चर प्रतियोगिता’ ,भण्डारी र थापा बने च्याम्पियन

  • १६ चैत्र २०७४, शुक्रबार
  • 2289 पटक पढिएको

मुस्ताङ, १६ चैत । पहाडै पहाड कुद्ने,उकालो–उरालो दौडने ,त्यसपछि साईकलिङ गर्दे गन्तब्यमा पुग्ने ३ प्रकारका विधा समेटिएको रोमाञ्चक , डरलाग्दो र शाहसिक प्रतियोगिता नेपालमै पहिलो अभ्यास भएको छ ।विशेषगरि यसप्रकार प्रतियोगिता अमेरिका र यूरोपेली मुलुकमा आयोजना हुने भएतापनि दक्षिण एशियामा यस खेलको बिकास खासै भएको देखिन्न । यि तिनै विधा समेटिएको खेललाई ‘ट्राई एड्भेन्चर’ नाम दिईएको छ । नेपाली सेनाले खेलकुदको बिकास तथा यस खेलको प्रर्वधन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक प्रतियोगिता आयोजना गरेको बताएको छ ।प्रतियोगिताको शुक्रवार हिमालपारीको जिल्ला मुस्ताङबाट सुरुआत गरिएको छ ।

खेलकुद प्रतियोगिताको बिकास र हिमालपारीको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वधन गर्ने उद्देश्यले नेपाली सेनाले कार्यक्रम आयोजना गरेको जनाएको छ । शैनिक उच्चशिखर शिक्षालय जोमसोमको पूर्वपट्टि रहेको ठुलो पहाड देखि सुरु भएको प्रतियोगितामा समून्द्री सतहदेखि करिव ३ हजार मिटरको अग्लो उचाईमा रहेको १ सय मिटरको धाकार्जुङ डाडो रकक्लामिङ , ५ किलोमिटर एक्लेभट्टी सम्मको रनिङ दौड पुरागरि त्यहाबाट साईकलिङ गर्दे जोमसोम ,ठिनी,ढुम्बा,स्याङ ,एयरपोर्ट हुँदै जोमसोमको बज्रदल गण सम्मको करिव ३० किलोटिर दुरी प्रतियोगिता निर्धारण गरिएको हो ।

सेनाद्धारा आयोजित ट्राई एड्भेन्चर प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव ‘बी’ च्याम्पियन बन्यो ।आर्मी बी का दिपकसिंह भण्डारी र प्रताप मल्लले निर्धारित दुरी १ घण्टा १९ मिनेट ४४ सेकेन्डमा पुरा गरेर च्याम्पियन बनेका हुन् ।प्रतियोगितामा सहभागि कुल १५ टिम मध्ये आर्मी ‘ए’ टिम द्धितिय र शसस्त्र प्रहरीको एपिएफ टिम ‘ए ’तृतिय भए । आर्मी ‘ए’ का मानबहादुर थामा र वशन्त थारुले १ घण्टा २० मिनेट ५० सेकेन्डमा निर्धारित दुरी पुरागरि दोश्रो भएका हुन् भने एपिएफ ‘ए’ लक्ष्मण मल्ल र किरण मल्लले १ घण्टा २१ मिनेट २१ सेकेन्डमा निर्धारित दुरी पुरागरि तृतिय भए ।पहिलो ट्राई एड्भेन्चर प्रतियोगितामा २ महिला खेलाडीले पनि भाग लिएका थिए । प्रतियोगिताका बिजेता टिमलाई नेपाली सेनाका प्रधानसेनापति महारथि राजेन्द्र क्षेत्रीले नगद ,प्रमाणपत्र र मेडल हस्तान्तर गरेका थिए ।

प्रतियोगिताको प्रथमलाई ५० हजार ,द्धितियलाई ३० हजार र तृतिय हुने टिमलाई नगद २० हजार प्रदान गरिएको थियो ।यसअघि प्रतियोगिताको एक समारोहकाबीच प्रधान सेनापति क्षेत्रीले रिवन काटेर प्रतियोगिताको उद्घाटन गरेका थिए । नेपाली सेनाले आयोजना गरेको प्रतियोगिताको समन्वय बज्रदल गण जोमसोमले गरेको सेनानी अरुण कार्कीले जानकारी दिए ।उनले हाई क्लाईमिङ,रनिङ र साईकल दौड प्रतियोगिता नेपालकै पहिलो पटक भएको जनाए ।प्रतियोगिताको च्याम्पियन बनेको आर्मी ‘बी’ का खेलाडी प्रताप थापाले हिमालपारीको अग्लो उचाईमा तिनै विधा समेटिएको प्रतियोगिताले नयाँ अनुभव बटुल्न सफल भएको बताए ।उनले प्रतियोगिताको तैयारीका केहीदिनअघिनै मुस्ताङ आएको र ट्राई एभेन्चरमा सफलता नेपाली सेनाकै जीत भएको बताए।

एपिएफ ‘ए’का खेलाडी किरण मल्लले ३ विधाको समेटिएको प्रतियोगिता रोमाञ्चक र जोखिमपूर्ण भएको उल्लेख गरे ।उनले प्राकृतिक सौन्दर्यताले भरिएको मुस्ताङमा यस खेलको पहिलो सुरुआत हुन गर्वको बिषय भएको बताउदै यसप्रकारका खेलको बिकास हुनुपर्ने औल्याए ।त्यस्तै तामाङ ब्रदशका अर्का खेलाडी बुद्धिबहादुर तामाङले नेपालमा पहिलो पटक भएको रकक्लामिङ,रनिङ र साईक्लिङ तिनै विधाको ट्राई एड्भेन्चर प्रतियोगितमा पहिलो पटक सहभागि भएको बताए ।साईकलिङका राष्ट्रिय खेलाडी समेत रहेका तामाङले प्रतियोगिताले नयाँ अनुभव दिलाएको सुनाए । प्रतियोगिता जोखिमपूर्ण भएपनि आर्मीको व्यवस्थापन पक्ष राम्रो भएकाले कुनै जोखिम नभएको उनले बताए । नेपाल सेनाकै आर्थिक श्रोतमा आयोजना गरिएको प्रतियोगितालाई घरपझोङ गाउँपालिकाले २ लाख ५० हजार र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले १ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।प्रतियोगितामा नेपाली सेनाका उच्चपदस्थ व्यक्ति,सिडियो रामचन्द्र तिवारी,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत,जनप्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो ।