मोडलिङ क्षेत्रमा रविनाको रौनक !

  • १६ चैत्र २०७४, शुक्रबार
  • धिरन खत्री
  • 2640 पटक पढिएको

म्याग्दी, १६ चैत । म्याग्देली कलाकार रविना भण्डारीको मोडलिङ क्षेत्रमा रौनक बढेको छ । सबै खाले गितहरुमा राम्रो नृत्य प्रस्तुती दिन सक्ने भण्डारीले छोटो समयमै चर्च बटुल्न सफल भएकी छिन् । उनी पछिल्लो पुस्ताको व्यस्त मोडलको रुपमा आफुलाई चिनाउँदै छिन् । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएकी कलाकार भण्डारी मोडलिङकै सिलसिलामा अहिले राजधानी काठमाण्डौमा बसेर संघर्षरत छिन् ।


गृह जिल्ला संगै अन्य जिल्लाका मेला महोत्सवहरुमा समेत नृत्यांगनाको रुपमा प्रस्तुती राख्दै आएकी मोडल भण्डारीलाई प्रवासमा हुने कार्यक्रमहरुमा पनि माग हुन थालेको छ । उनले हालै हालै कतारमा आयोजित म्याग्दी प्रबासी नेपाली सँघ मोना कतारले आयोजना गरेको १५ औँ बार्षिक उत्सब तथा तेश्रो बिबिध साँस्कृतिक कार्यक्रममा समेत आफ्नो नृत्य प्रस्तुती राखिसकेकी छिन् । उक्त कार्यक्रममा मोडल भण्डारीको प्रस्तुती धेरैले मन पराएका थिए ।

‘बैसेरीमा घर थियो मेरो’ बोलको लोकदोहोरी गीतबाट अभिनयको यात्रा थालेकी मोडल भण्डारील अहिलेसम्म झण्डै ४ दर्जन बढी गितहरुको म्युजिक भिडियोमा नृत्य र अभिनय गरीसकेकी छिन् । सानै उमेरदेखि नृत्यमा रुचि राख्दै आएकी कलाकार भण्डारीले छोटो समयमै प्राप्त गरेको सफलताले साँगेतिक क्षेत्रमा थप हौसला मिलेको बताउँछिन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l