पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बेनीमा २० जनाले गरे रक्तदान

  • १६ चैत्र २०७४, शुक्रबार
  • 1596 पटक पढिएको

म्याग्दी, १६ चैत । नेपाल पत्रकार महासंघको ६३ आँै स्थापना दिवसको अवसरमा बेनीमा रक्तदान कार्यक्रम गरि मनाईएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा बेनीमा भएको रक्तदान कार्यक्रममा १४ जना पुरुष र ६ जना महिला गरि २० जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालीत रक्तसञ्चार गृह र बेनी अस्पतालको प्राबिधिक सहयोगमा क्याम्पसचोकमा आयोजना गरेको कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार, संचारकर्मी एवम अन्य रक्तदाताहरुले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको सुभारम्भ गर्दै बेनी नगरपालीकाका मेयर हरिकुमार श्रेष्ठले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरि मानविय सेवाको क्षेत्रमा सकरात्मक सन्देश दिएको बताउनुभयो ।

उहाँले मुलुकमा नयाँ संविधान निर्माण र सबै तहको निर्वाचन सम्पन्न भैसकेकाले विकास, समृद्धि र शुसासन कायम नै अबको मुख्य एजेन्डा भएकाले पत्रकारहरुको रचनात्मक भूमिका आबश्यक हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले महासंघ स्थापनाको तत्कालिन अबस्थाको आबश्यकतामाथि प्रकाश पार्दै अहिले श्रमजिवी पत्रकारहरुको न्युनतम पारिश्रमकीक कार्यान्वयन र पेशागत क्षमता विकासमा महासंघको भूमिका प्रभाबकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।


शाखाका कोषाध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, सहसचिव गोपाल छन्तयालको स्वागत र अर्का सहसचिब कमल खत्रीको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????