म्याग्दीमा भेडाबाख्रालाई पिपीआर रोग विरुद्धको खोप अभियान

  • १६ चैत्र २०७४, शुक्रबार
  • 3325 पटक पढिएको

म्याग्दी १६ चैत । म्याग्दीमा भेडाबाख्रालाई पिपीआर रोग विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले भेडाबाख्रामा महामारीको रुपमा फैलीने पिपिआर रोगबाट बचाउनका लागि जिल्ला ब्यापी अभियान सञ्चालन गरेको हो । कृषकको गोठ गोठमा पुगेर खोप लगाउन जिल्ला ब्यापी रुपमा प्राबिधिक परिचालन गरिएको पशु सेवा प्राबिधिक प्रदिप गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार म्याग्दीमा यस वर्ष पिपीआर विरुद्धको साठी हजार डोज खोप लगाउने लक्ष्य छ । म्याग्दीमा ४० हजार बाख्रा र २० हजार भेडा पालीएका पशु सेवा कार्यालयले जनाएको छ ।

बधुवा भन्दा चरनका लागि मुस्ताङ र लेकका बुकिमा जाने भेडाबाख्रामा पिपीआर सर्ने जोखिम बढी हुने गरेको छ । खोप लगाउन थालेपछि पिपीआर रोग महामारीको रुपमा देखिन नपाएको पशु विकास अधिकृत नरबहादुर बानियाले बताउनुभयो ।