बेगमा नयाँ पुस्तालाई पुख्र्यौली नृत्य यसरी गरिँदैछ हस्तान्तरण (फाेटाे कथा)

  • १६ चैत्र २०७४, शुक्रबार
  • 2432 पटक पढिएको

म्याग्दी, १६ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पछिल्लो सय लोप हुँदै गएको पुख्र्याैली नृत्य नयाँ पुस्तामा हस्तान्तरणको लागि प्रशिक्षण दिईएको छ । चैत १२ गतेदेखि १५ गतेसम्म अग्रज कलाकारहरुबाट नयाँ पुस्ताका युवायुवतीहरुलाई पुख्र्यौली नृत्य सिकाईएको हो ।


बेगको देउरालीमा दिनभर जसो पुराना कलाकारहरुले नयाँ कलाकारलाई पुख्र्यौली नृत्य र गित गाउँन प्रशिक्षण दिएको स्थानीय दलप्रसाद तिलिजाले जानकारी दिनुभयो । ५ जना नयाँ कलाकारहरुलाई पुख्र्यौली नाच्न सिकाईएको छ ।


मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको मादले र मारुनी नाचलाई संरक्षण गर्नको लागि सो अवसरमा नयाँ कलाकारहरुलाई व्यवहारिक रुपमा शिप प्रदान गरिएको थियो । उक्त कार्यक्रममा पुराना कलाकारहरुलाई सम्मान समेत गरिएको छ ।


आउँदै गरेको भुमे पुजा, स्थानीय महादेव माविको स्वर्णजयन्ती समारोह लगायतको अवसरमा नयाँ पुस्ताका कलाकारहरुलाई सहभागी गराएर पुख्र्यौली नाच देखाउने तयारी गरिएको छ ।

तस्बिर ः बेगखाेला समाचार फेसबुकबाट