कलाकार पुनको सालैजो गितको म्युजिक भिडियो छायांकन

  • १५ चैत्र २०७४, बिहीबार
  • 2994 पटक पढिएको

म्याग्दी, १५ चैत । म्याग्देली कलाकार झलक पुनको सालैजो भाकाको म्युजिक भिडियो छायांकन गरिएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ ढुम्साङ घर भएका पुनले सालैलो भाकाको ‘मगरको छोरो हजुर’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याउन लागेका हुन् ।

मगर समुदायमा भर्ति हुने परम्परा रहेपनि आफु गाउँकै्र पाखोबारमिा रमाएको सन्देश बोकेको गितलाई आउँदै गरेको नयाँ बर्षसंगै बजारमा ल्याउने तयारी गरेको गायक पुनले बताए ।

कृष्ण पिडितको लय सिर्जना रहेको उक्त गितमा गायक पुन , गायीका निता पुन र निरु श्रीषको स्वर रहेको छ । काठमाण्डौको धर्मस्थलीमा छायांकलन गरिएको उक्त म्युजिक भिडियोमा म्याग्देली मोडल मिरा राम्जाली सहित याम गुरुङ लगायतले नृत्य र अभिनय गरेका छन भने याम गुरुङले नै म्युजिक भिडियोको निर्देशन समेत गरेका छन् ।

गायक पुनले यस अघि चौबन्दी चोली बजारको गितलाई बजारमा ल्याईसकेका छन् ।