महिला भलिबलको उपाधी मोना जापान रातोलाई

  • १५ चैत्र २०७४, बिहीबार
  • 2669 पटक पढिएको

सन्दीप खत्री
एनआरएन एनसीसी जापानको आयोजना भएको पहिलो महिला भलिबल प्रतियोगीता बुधबार भब्यताका साथ सम्पन्न भएको छ । आठ टिमको सहभागिता रहेका प्रयिोगितामा फाइनल खेलमा पुन क्लबलाई एकका बिरुद्ध तीन सेट आफ्नो पक्षमा पार्दै मोना जापान रातोले प्रथम महिला भलिबल खेलको उपाधी चुम्न सफल भएको छ । प्रथम भएसँगै १ लाख ५० हजार नगद पुरस्कार हात पारेको छ । त्यसैगरी द्वितिय हुन सफल पुन क्लवले ७० हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा विजयी हुने मोना जापानका खेलाडिहरुलाई एक कार्यक्रमको आयोजना गरी मोना जापनकी उपाध्यक्ष इन्दीरा गर्बुजाको सभापतित्व, मोना केन्द्रीय कार्य समिति एसिया प्यासपिक संयोजक ददिवल खड्काको प्रमुख आतित्थ्यता, केद्रीय कोषाध्यक्ष राम खड्का, प्यासपिक उप संयोजक तारा कार्की, महिला उपसंयोजक विष्णु बानियाँ, मोना जापनका सल्लाहकार महेन्द्र खड्का, मोना जापानका खेलकुद संयोजक सचिन श्रेष्ठ लगायतले विजयी खेलाडिहरुलाई सम्मान गरेको मोना जापानका सल्लाहकार गणेश श्रेष्ठले जानकारी दिएका छन् ।


मोना जापान रातोबाट धना पुर्जा टिम क्याप्टेन, अनिता थापा, लक्ष्मी केसी, सविना छन्त्याल, करिष्मा मगर, नबिना गर्बुजा, रोश्नी पुर्जा, माया थजाली, रेखा केसी, टिम मनेजर राम खड्का, टिम कोच, दिल केसी टिम अफिसेयल हेम कुमार गर्बुजा रहेका थिए भने मोना जापान बुलुमा रिता सुनार टिम क्याप्टेन पबीत्रा पुन, बबिता केसी, माया बुढामगर, माया छन्त्याल, रिता पुन, बिजया कार्की, संगिता थापा, जिना पुन र अफिसियलमा टिम मेनेजर टिका छन्त्याल, टिमकोच गणेश श्रेष्ठ, टिम अफिसियल देबेन्द्र गर्बुजा रहेका थिए ।


खेलाडि र अफिसियललाई सम्मान कार्यक्रममा प्रमुख अतिथि ददिवल खड्काले मोना जापान्का खेलाडिहरुले प्रतियोगितामा उपाधी चुमेर इतिहास रचेकोमा बधाई दिदै खेलाडिहरुको प्रोत्साहनका लागि ५० हजार आर्थिक सहयोग गरेका थिय। मोना जापानका सल्लाकार महेन्द्र खड्काले खेलाडिहरुलाई बधाई दिदै आउँदा दिनहरुमा पनि आफुले सक्ने सयोग गर्ने बताउदै खेलाडिहरुले मोना जापानको नाम उच्च गराएको भन्दै खुसी व्यक्त गरेका थिए । त्यस्तै खेलकुद संयोजक सचीन श्रेष्ठले आगामी दिनहरुमा पनि खेललाई ससक्त बनाएर अगाडि बढ्ने बताए । त्यसैगरी खेलाडिलाई बिसी गु्रपका संचालक तथा मोना जापानका बरिष्ठ उपाध्यक्ष दीपक कार्कीले नौ थान र मोना जापानका सदस्य दिल केसिले नौ थान जर्सी सौजन्य गरेका थिए ।


सभापति मोना जापानकी उपाध्यक्ष इन्दिरा गर्बजाले आउँदा दिनहरुमा सस्थाले खेलाडिहरुको प्रोत्साहन र क्षमता विकासका लागि कुनै कसर बाँकी नराख्ने बताईन । उनले आर्थिक नैतीक भौतिक सयोग गर्नुे सम्पूर्ण सयोगीहरुलाई मोना जापानको तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिईन भने भने कार्यक्रमको सञ्चालन मोना जापानका सल्लाहकार गणेश श्रेष्ठले गरेका थिए ।