‘चुरोट तान्ने बानी’ हटाउ भन्दै बजारमा आयो यस्तो भिडियो ( भिडियो सहित)

  • १३ चैत्र २०७४, मंगलवार
  • 3345 पटक पढिएको

म्याग्दी, १३ चैत । म्याग्देली कलाकार गणेश छन्त्यालको ‘चुरोट तान्ने बानी’ बोलको लोकदोहोरी गित म्युजिक भिडियो सहित बजारमा आएको छ । पछिल्लो समय युवायुवतीहरु धुम्रपानको कुलतमा फसेको भन्दै चुरोट सेवन हानिकारक रहेको सन्देश बोकेको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो ।

म्याग्दीको रघुगंगा गाउँपालिका–८ चौरखानी घर भई हाल जापानमा रहेका सर्जक छन्त्यालको शब्द तथा लय संकलन रहेको सो गितमा म्याग्देली  सन्चारकर्मि एवम् लोकप्रिय गायक पदम विश्वकर्मा र चर्चित लोकदोहोरी गायिका सम्झना लामिछाने मगरले स्वर भरेका छन् । सम्झना डिजिटल मार्फत बजारमा ल्याईएको म्युजिक भिडियोमा प्रकाश सपुत र सिर्जना रेश्मी मगरले अभिनय गरेका छन्  भने प्रकाश भट्टले निर्देशन गरेका थिए।

युट्युब मार्फत सार्वजनिक गरिएको सो सन्देशमुलक गितको म्युजिक भिडियोलाई सुरुवातमै दर्शक एवम् स्रोताहरुले रुचाएका छन् । यस गितले मनोरञ्जनसंगै युवापुस्तालाई कुलतमा फस्नबाट सचेत गराउने गायक विश्वकर्मा बताउँछन् । यस अघि आधा दर्जन बढी एल्बमहरुमा स्वर दिएका गायक विश्वकर्माले यस सन्देश मुलक बोलको गितमा स्वर दिदाँ आफुलाई सन्तुष्टि मिलेको प्रतिकृया दिए ।