नेपाल सार्वजनिक सेवा कर्मचारी संघ म्याग्दीमा शर्मा

  • १० चैत्र २०७४, शनिबार
  • 1777 पटक पढिएको

म्याग्दी, १० चैत । नेपाल सार्वजनिक सेवा कर्मचारी संघ म्याग्दीको प्रथम जिल्ला अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अविधेशनले कृष्णप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शिव पुरी, महिला उपाध्यक्षमा पार्वती अधिकारी, सचिबमा काशीनाथ दाहाल र कोषाध्यक्षमा यज्ञमान स्वाँर रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा जयप्रसाद शर्मा, नानीराम न्यौपाने, खेम पुन, तीर्थ शर्मा र रामबहादुर क्षत्री चयन भएका छन् । अधिवेशनले महेश्वर दत्त पनेरुलाई केन्द्रीय प्रतिनिधी तोकेको छ भने नारायण प्रसाद सुवेदीलाई टे«ड युनियनको प्रतिनिधी चयन गरेको सचिब काशीनाथ दाहालले जानकारी दिए ।