माओवादीले गर्यो नेताको जिम्मेवारी हेरफेर

  • १० चैत्र २०७४, शनिबार
  • 1425 पटक पढिएको

काठमाडौं -एमालेसँग पार्टी एकताको गृहकार्य भेरहेका बेला माओवादीले पार्टी नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी केन्द्रीय कार्यलयले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । शनिबार बिहान बसेको बैठकले संगठनात्मक जिम्मेवारीमा  हेरफेर गरेको हो ।

नयाँ जिम्मेवारी अनुसार प्रदेश–१ मा राम कार्की, प्रदेश -२ मा विश्वनाथ साह, प्रदेश-४ मा हितराज पाण्डे, प्रदेश-५ मा मणि थापा, र प्रदेश -६ मा जनार्दन शर्मालाई ईन्चार्ज बनाइएको छ । प्रदेश-३ मा हितमान शाक्य र प्रदेश -७ मा लेखराज भट्टलाई भने यथावत राखिएको छ । प्रदेश-१ का गोपाल किराँतीले पार्टी छोडेको, प्रदेश-२ का मातृका यादव, प्रदेश-५ का वर्षामान पुन र प्रदेश-६ का शक्ति बस्नेत मन्त्री बनेको र प्रदेश-४ का देव गुरुङ प्रमूख सचेतक बनेका कारण जिम्मेवारी हेरफेर गरिएको बतायएको छ ।

source; ratopati.com