लम्सुङमा सहकारी संस्था स्थापना

  • १० चैत्र २०७४, शनिबार
  • 2095 पटक पढिएको

म्याग्दी १० चैत । म्याग्दीको धौलागिरी गाउँपालीका २ लम्सुङमा रुघाचौर बहुउद्देश्यिय सहकारी संस्था स्थापना भएको छ । दुर्गम ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई आर्थिक कारोबारका लागि सहज सुबिधा उपलब्ध गराउने उद्देश्यले ६५ जना सेयर सदस्यहरुले स्थापना गरेको सहकारीको शुक्रबार वडा सदस्य केशरबहादुर पुर्जाले उद्घाटन गर्नुभयो ।

आठ लाख पचास हजार रुपैया शेयर पुजी रहेको सहकारीले बचत संकलन, कर्जा लगानीका साथै गाउँमै रेमिटेन्स भुक्तानीको सुबिधा दिने जनाएको हो ।

सहकारीका अध्यक्ष टेकबहादुर सिङ्कीजाको अध्यक्षता, ज्ञानबहादुर पाईजाको स्वागत र सचिव टिकबहादुर सिङकीजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।