१५ औं सूर्यनारायण पुरस्कार डा. बानियाँलाई प्रदान

  • ९ चैत्र २०७४, शुक्रबार
  • 1995 पटक पढिएको

म्याग्दी, बेनी । सूर्य नारायण पुरस्कार संस्था बेनी म्याग्दीले १५ औं सूर्यनारायण पुरस्कार साहित्यकार डा. कर्णबहादुर बानियाँलाई प्रदान गरेको छ । बेनीमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्रवहादुर केसी र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नेपाली लोकसंस्कृति,कला र साहित्यको विकासमा योगदान पु¥याएको भन्दै डा. बानियाँलाई रु १५ हजार रुपियाँ राशिको पुरस्कार सहित दोसल्लाले सम्मान गर्नुभएको हो ।

सम्मानित बानियाँ बेनपा ५ पुलाचौरको स्थायी वासिन्दा हुनुहुन्छ । हाल त्रिभुवन विश्वविद्यालयमा प्रध्यापक रहनुभएका बानियाँले पाल्पा गौंडाः एक ऐतिहासिक अध्ययन शिर्षकमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । बेनीका स्वर्गीय सूर्यनारायण श्रेष्ठको स्मृतिमा २०४८ सालमा उहाँका परिवारले स्थापना गरेको पुरस्कारबाट भैरबहादुर श्रेष्ठ, टीकाबहादुर श्रेष्ठ, दीपबहादुर खड्का, धनकुमारी थापा, रत्नप्रसाद श्रेष्ठ, ठाकुरप्रसाद पराजुली, वीरबहादुर कार्की, खड्ग गर्बुजा, होमनाथ सुवेदी, लक्ष्मीप्रसाद श्रेष्ठ, अबिरकुमार श्रेष्ठ र धु्रवलाल शर्मा,अंगद श्रेष्ठ र खगेन्द्र मिलन श्रेष्ठ यस अघि सम्मानित भइसक्नुभएको छ ।

संस्थाले प्रत्येक दुईवर्षमा लोकसंस्कृति,कला र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तीहरुलाई सम्मान गर्दै आएको छ ।
पुरस्कार वितरण तथा गंगा बुलेटिन बिमोचन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष केसीले नेपाली लोकसंस्कृतिका क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मानले थप उर्जा प्राप्त हुने बताउनुभयो । सूर्य नारायण पुरस्कार संस्थाले म्याग्दीको लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागेका व्यक्तिहरुलाई सम्मानले प्रोत्साहन मिल्ने उहाँको भनाई थियो ।

साथै सूर्य नारायण पुरस्कार प्रदान कार्यक्रमको अवसर पारेर गंगा नामक बुलेटिन समेत बिमोचन गरिएको छ । कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसका जिल्ला सचिव क्या. मिनवहादुर कार्की,जनप्रतिनिधिका तर्फबाट जिल्ला समन्वय समितिका सदस्य शेरवहादुर केसी,नेपाल भाषा मंकाखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पुर्व पुरस्कृत व्यक्तित्व एवम् पुरस्कार छनौंट उपसमितिका संयोजक धु्रबलाल शर्मा र सम्मानीत व्यक्तित्व डा. बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष सुवर्ण कुमार श्रेष्ठको अध्यक्षता,संस्थाका सदस्य दिनेश नारायण श्रेष्ठको धन्यवाद मन्तव्य र सचिव अजयमिलन श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष ज्ञनेन्द्र श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा कलाकारहरुले जिवनी गीत प्रस्तुत गरेका थिए । हाल संस्थाको अक्षयकोषमा तिनलाख पचास हजार रुपियाँ रहेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।