काँग्रेसले मनायो ८औँ जिपि स्मृति दिवस

  • ९ चैत्र २०७४, शुक्रबार
  • 1329 पटक पढिएको

नेपाली काँग्रेस म्याग्दीले बिहिबार पार्टीका पूर्व सभापति एवँ प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको आठौँ स्मृति दिवस मनाएको छ । सँगमचोकस्थित पार्टी कार्यालयमा जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य विभिन्न पेशागत र भातृ संगठनका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितिमा दिवस मनाईएको हो ।

कोइरालाको निधन भएको स्मृतिमा आयोजित विशेष कार्यक्रममा सहभागिहरुले गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा नेपालमा सुरु भएको शान्ति र संविधान लेखनको अभियानले पूर्णता पाउँदै गएको बताईएको थियो । सशस्त्र युद्धरत पक्षलाई समेत शान्ति प्रक्रिया मार्फत नेपाललाई विकास र समृद्धिको यात्रामा निर्णायक भूमिका खेलेको गिरिजा प्रसादको योगदान राष्ट्रले अनन्तकालसम्म सम्झिरहने काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले बताए ।


उनले नेपाली जनताको समृद्धि र विकासको चाहनालाई पूरा काँग्रेस प्रतिपक्षबाटै रचनात्मक सहयोग गर्न तयार रहेको समेत बताए । सभापति गर्बुजाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका नेता नेत्र महत, कोषाध्यक्ष टँक हमाल, माधबप्रसाद रेग्मी, तरुण दल म्याग्दीका सभापति मुकुन छन्त्याल, महाधिवेशन प्रतिनिधी भरत रकाल, महिला नेतृ मनकुमारि विश्वकर्मा लगायतले कोइरालाको फोटोमा पुष्पगुच्छा अर्पण गर्दै उनको योगदानको सम्झना गरेका थिए ।  कोषाध्यक्ष हमालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिब क्या. मिनबहादुर कार्कीले गरेका थिए ।