दुलेपानीका बिमल विश्वकर्मा एक सातादेखि सम्पर्क विहिन

  • ८ चैत्र २०७४, बिहीबार
  • 1685 पटक पढिएको

म्याग्दी, ८ चैत ।  म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीका बिमल विश्वकर्मा एक सातादेखि सम्पर्क विहिन भएका छन् । घरबाट धादिङ आफ्नो दिदीको घरमा जान प्रस्थान गरेका विश्वकर्मा दाधिङ दिदीको घरमा नपुगेको र घरपरवारको सम्पर्कमा समेत नआएपछि घरपरिवार चिन्तीत बनेका छन् ।


२५ बषिय विश्वकर्मालाई खोजी गरिदिनको लागि घरपरिवारले आग्रह समेत गरेका छन् । साथै उनलाई भेट्याउनेलाई ९८६७६४५३३६ मा सम्पर्क गरिदिन समेत घरपरिवारले आग्रह गरेका छन् ।