जनहित क्याम्पसको अध्यक्षमा : गुरुङ

  • ५ चैत्र २०७४, सोमबार
  • 3649 पटक पढिएको

मुस्ताङ , ५ चैत। हिमाली जिल्ला मुस्ताङको एकमात्र क्याम्पस जनहित बहुमुखी क्याम्पसको अध्यक्षमा मुस्ताङका पूर्वसभासद एवंम् शिक्षाविद् चन्द्रबहादुर गुरुङ चयन भएका छन् । उनलाई त्रिभुवन बिश्वबिद्यालयले हालै अध्यक्षको जिम्मेवारी तोकेको छ । यसअघि अध्यक्ष नियूक्तिका लागि क्याम्पसले ३ जना व्यक्तिको नामा सिफारिस गरेर त्रिविमा पठाएको हो । त्रिवि संञ्चालक समिति गठन निर्देशिका अनुसार नवनियुक्त अध्यक्ष गुरुङले शनिवार ११ सदस्य क्याम्पस संञ्चालक कार्यसमिति गठन गरेका छन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मिमकुमारी शेरच नचयन भएकी छिन् भने सदस्यमा शेरबहादुर गुरुङ,शर्मिला गुरुङ,गणेश शेरचन,तिलक बिक,भीमबहादुर रसाईली,राजु लालचन,बिनोद बिसी,फलेन्द्र थकाली,सरिता थकाली,शशीदेवी गुरुङ र भुवन शेरचनलाई सर्वसम्मत चयन गरिएको छ ।सो अवसरमा कार्यसमितिले क्याम्पस संञ्चालक समितिका अध्यक्ष चन्द्र बहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय बिधान संशोधन समिति गठन गरेको हो ।जसका सदस्यहरुमा शर्मिला गुरुङ,हृदयप्रसाद श्रेष्ठ,रामचन्द्र अधिकारी र कर्णबहादुर थकाली छन् ।

गतवर्ष जनहित बहुमुखी क्याम्पसको शैक्षिक प्रगती र समृद्धिको कामना गर्दे बयोबृद्ध समाजसेवी निरलादेवी तुलाचनले दिवंगत पति तेजबहादुर तुलाचनको स्मृतिमा १ करोड रुपैया क्याम्पसलाई दान गरेकी थिईन्् ।मुख्य सहयोग दाताका नाममा क्याम्पसको नाम परिवर्तन गर्न पाउने प्रावधान अनुसार जनहित क्याम्पसले निरलादेवीको संम्मान गर्दे तेज निरला जनहित बहुमुखी क्याम्पस राख्ने सिफारिस त्रिविमा पठाएको थियो ।गतहप्ता उक्त नाम त्रिविले गतहप्ता मात्रै क्याम्पसका नामका अगाडी तेजनिरला जोड्ने प्रस्ताबलाई अनुमोदन गरेको क्याम्पस प्रमुख कर्ण थकालीले जानकारी दिए ।उनका अनसार अब क्याम्पसको नाम जनहित तेजनिरला बहुमुखी क्याम्पसले कार्यसम्पादन हुने बताए ।

क्याम्पस साधारणसभामा नवनिर्वाचित संञ्चालक समितिका अध्यक्ष गुरुङले आफुले नेतृत्व गरेको समितिले उच्चमनोबलका साथ जिल्लाको उच्चशिक्षालाई व्यवस्थित गर्दे मर्यादित ढंगले गुणस्तरिय शिक्षा प्रदान गर्नेतर्फ अधिकतम् प्रयासरत रहने उल्लेख गरे ।उनले निकट भविष्यमा शिक्षा संकायतर्फ बि.एड.कक्षा संञ्चालन गर्न प्रक्रिया अघि बढाउने जनाए ।अध्यक्ष गुरुङका अनुसार यसअघिनै जनहित क्याम्पसले निजी भवन निर्माणका लागि जोमसोममा करिव १ सय १३ रोपनी जग्गा प्राप्तगरि जग्गाधनी प्रमाण पूर्जा समेत लिईसकेको छ ।

जग्गा प्राप्तिपछि पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकालीको पहल तथा क्याम्पस प्रमुख कर्णबहादुर थकाली,प्राचार्य रामचन्द्र अधिकारीको अगुवाईमा भारतिय राजदुताबास मार्फत क्याम्पस भवन निर्माण गर्ने प्रक्रिया अघि बढेको गुरुङको भनाई छ ।कार्यक्रममा नवनिर्वाचित संञ्चालक समितिका पदाधिकारीलाई घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली,जनहित मावि व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रमेश भट्टचनले सुभकामना दिएका थिए ।