म्याग्दीका ४१ वटै स्वास्थ्य संस्थाको सामाजिक परिक्षण हुने

  • ५ चैत्र २०७४, सोमबार
  • 3109 पटक पढिएको

म्याग्दी, ५ चैत । नेपाल सरकारको कार्यक्रम अन्र्तगत जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी को आर्थिक सहयोगमा म्याग्दी जिल्लामा रहेका सबै स्वास्थ्य संस्थाको सामाजिक परिक्षण हुने भएको छ । आर्थिक बर्ष ०६७/०६८ देखि म्याग्दीमा जिल्ला स्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा कदम म्याग्दीले ५ वटा स्वास्थ्य संस्थावाट सुरु गरेको यस कार्यक्रम आ.व. ०७४/०७५ मा आइपुग्दा सवै ४१ वटै स्वास्थ्य संस्थाको समाजिक परिक्षाण हुने चरणमा आइपुगेको हो ।

प्रत्येक वर्ष पुराना मा संक्षिप्त परिक्षण गर्दै नयाँ ५ वटाको दरले थप्ने कार्य गरीएको मा यस आ.व. मा पहिलो वर्ष सुरुवात गरीएका पुलाचौर, कुहुँ, दर्वाङ्ग, पिप्ले र मुदि स्वास्थ्य चौकि लाई हटाई नयाँ १० वटा संस्था थप गरी चालु आवमा सवै ४१ वटै स्वास्थ्य संस्थामा सामाजिक परिक्षण कार्यक्रम पु¥याइएको छ । सन २०२० सम्ममा नेपालका सवै २५ वेड सम्मको अस्पताल देखि तलका सवै स्वास्थ्य संस्थाको समाजिक परिक्षण गरि सक्ने लक्ष अनुरुप सञ्चालन भएको यस कार्यक्रम म्याग्दीमा स्वास्थ्य क्षेत्रको सफल कार्यक्रमको रुपमा रहेको छ ।

स्वास्थ्य क्षेत्रको समाजिक परिक्षणमा स्वास्थ्य सेवा प्रदायक संस्थाको निति, नियम कार्यक्रम कार्यान्वयन, ब्यवहार, स्रोत परिचालनको नियममितता, पारदर्शिता र प्रभावकारिता वारे सेवाग्राही, सेवाप्रदायक र सरोकारवालाहरु सवैको धारणका आधारमा गरिने विश्लेषणात्मक लेखाजोखा गरिन्छ । स्वास्थ्य क्षेत्रमा सामाजिक परिक्षण गर्नुको उदेश्य स्वास्थ्य संस्थाहरुलाई आम नागरीक विशेष गरी महिला, गरिव, जोखिममा रहेका पिछडिएका एवं वन्चितमा परेका समुदाय तथा दुर्गम क्षेत्रमा रहेका सेवग्राही प्रति सम्वेदनशिल र जवाफदेहि वनाउनु रहेको छ । स्वास्थ्य क्षेत्रवाट प्रदान गरीने विभिन्न सेवाहरु र स्वास्थ्य सम्वन्धि सामुदायिक कृयाकलापहरुका वारेमा समुदायलाई जानाकारी गराई पारदर्शिता कायम गर्न सामाजिक परिक्षणले सहयोग पु¥याउने गरेको छ ।

स्वास्थ्य क्षेत्रको सामाजिक परिक्षणले , आमा सुरक्षा कार्यक्रम, निःशुल्क स्वास्थ्य उपचार सेवा, निःशुल्क औषधि वितरण, एकिकृत शिशु तथा वालस्वास्थ्य ब्यवस्थापन, परिवार नियोजन, खोप सेवा र पोषण कार्यक्रम, संक्रामक रोगहरु, नसर्ने रोगहरु, संस्था र ब्यवस्थापन संग सम्वन्धित विषयहरु, स्वास्थ्य ब्यवस्थापन समिति र प्रतिनिधित्वको अवस्था,महत्वपुर्ण निर्णयहरु , स्वास्थ्य संस्था ब्यवस्थापन समितिको वैठक, निःशुल्क स्वास्थ्य तथा प्रसुति सेवा लगाएत अन्य सेवावापत सरकारले उपलब्ध गराउने रकमको उपयोग, स्वास्थ्य संस्था खुल्ेन अवधि, नागरिकका गुनासाहरु सुन्ने परिपाटि, स्वास्थ्य सेवाको गुणस्तर, मानवीय स्रोत ब्यवस्थापन, स्वस्थ्यकर्मिको ब्यवहार, निर्मलिकरण, सरसफाई, जेष्ठ नागरीब एवम् अपांगमैत्रि र लैंगिक संवेदनशीलता, स्वास्थ्यको सेवाको गुणस्तर सुधारका लागि गरिएका प्रयासहरु, भौतिक संरचना, औषधि एवम् औजारहरुको पर्याप्तता लगायतको क्षेत्रलाई समेटीने कदम म्याग्दीका अध्यक्ष हरि प्रसाद पौडेलले बताए ।


यसरी सञ्चालन हुने समाजिक परिक्षण कार्य अन्तर्गत चालु आवमा १०वटा नयाँ र २६ वटा फलोअप कार्यक्रम रहेकोमा झण्डै ५० प्रतिशत कार्यक्रम सम्पन्न भइसकेको छ । समाजिक परीक्षणवाट समुदाय निकैनै उत्साहित बन्ने गरेको पौडेलले बताए । विगत ६ वर्ष सम्म सामाजिक परीक्षण गरेका कुहुँ, पुलाचौर जस्ता स्वास्थ्य संस्थाको अनुगमनले सामाजिक परिक्षणलाई आत्मसाथ गर्न सकेमा धेरै सुधार गर्न सकिन्न भन्ने सन्देश दिएको पौडेलको भनाई छ । स्वास्थ्य संस्थामा वर्थिङ्ग सेण्टर सञ्चालन, संस्थाको लागि जग्गा खरीद समेतका ठुला ठुला उपलब्धी यस समाजिक परीक्षण कार्यक्रमवाट भएका छन भने स्वास्थ्य कर्मि र समुदाय विचको खाडल पुरेर सहकार्यको भावना जागृत गराउने, स्वास्थ्य ब्यवस्थापन समितिलाई उत्तरदायी वनाउने देखि सानासाना कामको लागि समेत अरुको भरपर्ने प्रवृत्तिलाई समेत यस समाजिक परिक्षण कार्यले निरुत्साहित पौडेल बताउँछन् ।

साथै निःशुल्क प्रदान गर्ने भनिएका औषधिहरु संस्थामा नपाइने, पानि शौचालयको उचित प्रवन्ध नभएको, स्वस्थ्य संस्थामा समुदायको खिचातानिको कारण गलत स्थानमा स्वास्थ्य संस्थाको भौतिक संरचना वनेको र त्यसवाट जनताले चाहे वमोजिक सेवा लिन नसकेको जस्ता गुनासाहरु समेत यस वाट वाहिर आएका छन भने समुदायको गुनासो सम्वोधन गर्न वार्षिक कार्ययोजना वनाई कार्यान्वयन गरिने र अर्काे वर्ष सोहि कार्ययोजना समिक्षा गरी पुःन नयाँ कार्ययोजना वनाई लागु गरीने भएकोले पनि यो कार्यक्रमको प्रभाबकारीता बढेको सरोकारवालाको भनाई छ ।