उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालको लागि निर्वाचित

  • ४ चैत्र २०७४, आईतवार
  • 2336 पटक पढिएको

काठमाडौं ४ चैत । उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिएका छन् । उपराष्ट्रपती पदमा भएको उम्मेदवारी दर्ताको क्रममा पुनको मात्रै एकल उम्मेदवारी परेपछि पुन उपराष्ट्रपतीमा पुन निर्वाचित भएका हुन् । निर्वाचन आयोगले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा पुनको मात्र उम्मेदवारी कायम भएकाले निर्वाचन अधिकृतको कार्यालयले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ अनुसार उनी उपराष्ट्रपति निर्वाचित भएका आयोगले जनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनका लागि एकजना मात्र उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएको भनी तोकिए बमोजिम घोषणा गर्ने व्यवस्था रहेको छ । राष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवार बनाए पनि उपराष्ट्रपतिमा भने कसैलाई उम्मेदवार बनाएन ।