सञ्चार माध्यमको सवलीकरणको लागि मिडिया सोसाईटीद्धारा नगरपालिकाको ध्यानाकर्षण

  • ४ चैत्र २०७४, आईतवार
  • 1934 पटक पढिएको

म्याग्दी, ४ चैत । म्याग्दीमा क्रियाशिल रुपमा सञ्चालनमा रहेका छापा, विद्युतिय र अनलाईन सञ्चार माध्ययमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीले स्थानीय सञ्चार माध्यमहरुको सवलीकरणका लागि आईतबार बेनी नगरपालिकाको ध्यानाकर्षण गराएको छ । सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालको नेतृत्वमा पदाधीकारी तथा सदस्यहरुको टोलीले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलाई माग पत्र बुझाउँदै स्थानीय सञ्चार माध्यमको सवलीकरणमा प्राथमिकता दिन ध्यानाकर्षण गराएको हो ।

म्याग्दीमा सञ्चालनमा रहेका छापा तथा विद्युतीय सञ्चार माध्यम सञ्चालकहरु आवद्ध सोसाईटीले विकासका लागि सञ्चार माध्यमसंग सहकार्य गर्नका लागि आग्रह गरेको हो । सञ्चार माध्यमका लागि बजेटको व्यवस्था, स्थानीय सञ्चार माध्यमहरुबाट सूचना तथा सन्देश प्रकाशन, प्रशारणको व्यवस्था मिलाउन र सञ्चार क्षेत्रको क्षमत्ता विकासको कार्यक्रम बनाउन माग गरिएको समितिका सचिव अमित विश्वकर्माले जानकारी दिनुभयो ।

नगर प्रमुख श्रेष्ठले नगरपालिकाले स्थानीय सञ्चार माध्यमसंग सहकार्य गर्न सकारात्मक रहेको बताउँदै बजेट व्यवस्थापनका लागि कार्यपालिकामा छलफल गर्ने बताउनुभयो । नगरपालिकाको गतिबिधि सार्वजनीकीकरणमा सञ्चार माध्यमले पु¥याएको योगदानप्रति नगरप्रमुख श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको थियो । सोसाईटीले म्याग्दीका अन्य स्थानीय तहहरुमा पनि ध्यानाकर्षण गराउने जनाएको छ ।