अन्नपूर्ण गाउँपालीकाका जनप्रतिनिधिहरुका लागि क्षमत्ता अभिवृद्धी तालीम सुरु

  • ४ चैत्र २०७४, आईतवार
  • 1947 पटक पढिएको

म्याग्दी ४ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका जनप्रतिनिधिहरुका लागि आईतबारदेखि क्षमत्ता अभिवृद्धी तालीम सुरु भएको छ ।ठूलो बगरस्थित मितेरी आमा समूहको सभाहलमा तिन दिनसम्म सञ्चालन हुने तालीमको गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो ।

योजना निर्माण, कार्यान्वयन, प्रशासन सञ्चालन, न्याय प्रणाली लगायत स्थानीय तहका अधिकारहरुसंग सम्बन्धित विषयमा रामबहादुर रावतले सहजिकरण गर्नुहुने कार्यपालीकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालको सञ्चालन र उपाध्यक्ष केशमाया मगरको स्वागत मन्तब्यमा तालीम उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । तालीममा अन्नपूर्ण गाउँपालीकाका जनप्रतिनिधि, विषयगत शाखा र वडाका कर्मचारीहरुको सहभागीता रहेको छ ।