बेनी अस्पताललाई मगर संघ इजरायलद्धारा रु १ लाख बराबरको सहयोग (फोटो फिचर)

सामाजिक कार्यमा सक्रिय पुनलाई सम्मान

  • ४ चैत्र २०७४, आईतवार
  • कमल खत्री
  • 2716 पटक पढिएको

म्याग्दी, ४ चैत । मगर संघ इजरायलले बेनी अस्पतालमा आबश्यक पर्ने सामाग्री खरिदको लागि रु १ लाख सहयोग गरेको छ । नेपाल मगर संघ म्याग्दीले आईतवार बेनीमा आयोजना गरेको एक कार्यक्रममा मगर संघ इजरायलका अध्यक्ष विष्णु पुन मगरले बेनी अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।

म्याग्दीको मालिका गाउँपालिकाको रुम घर भई हाल इजराजलमा रहनुभएकी पुनले मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजाली, सचिब लोकेश पुन मगर र कुमारी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष सुवेदार थमबहादुर गर्वुजा मार्फत अस्पताल विकास समितिका अध्यक्ष रेग्मीलाई सो सहयोग हस्तान्तरण गर्नुभएको थियो । 
अस्पतालमा अत्याबस्यक सामाग्री नै खरिद गरि प्रदान गर्ने तयारि गरिएपछि समय अभाबले मगर संघ र अस्पताल विकास समितिको समन्वयमा अत्याबश्यक सामाग्री खरिद गर्ने गरि सहयोग रकम प्रदान गरिएको मगर संघ इजरायका अध्यक्ष पुनले बताउनुभयो । प्रवासमा रहेपनि ग्रामीण जिल्लाको रुपमा परिचित म्याग्दीका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुगोस भन्ने उदेश्यले मगर संघ इजरायल र त्यहाँ रहेका म्याग्देली हरु मार्फत उक्त सहयोग रकम जुटाइएको उहाँले बताउनुभयो । 
मगर संघ इजरायलले गरेको सहयोग प्रसंसनीय रहेको बताउँदै उक्त सहयोगले अस्पतालमा अत्याबश्यक सामान खरिद गरिने अस्पताल विकास समितिका अध्यक्ष रेग्मीले बताउनुभयो । उहाँले अस्पतालको सेवा गुणस्तरीय बनाउँन विभिन्न क्षेत्रबाट सहयोग आबश्यक रहेको बताउँदै मगर संघ इजरायल मार्फत सहयोग गर्नेहरुलाई समेत धन्यबाद ज्ञापन गर्नुभएको थियो । 

मगर संघ म्याग्दीका अध्यक्ष थजालीको अध्यक्षता, उपाध्यक्ष डगमायाँ पाईजाको स्वागत र सचिब लोकेश पुन मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा मगर संघ इजारायलका अध्यक्ष विष्ण्ुा पुन मगरले मगर भाषाको उत्थान गर्ने प्रयोजनको लागि मगर संघ म्याग्दीलाई व्यक्तिगत रुपमा रु ५ हजार सहयोग समेत प्रदान गनुृभएको थियो ।

कार्यक्रममा म्याग्दीको मालिका गाउँपालिका अन्र्तगत रुम निवासी सहयोगदाता विष्णु पुन मगरलाई मगर संघ म्याग्दीले भव्य सम्मान समेत गरेको थियो । प्रवासमा रहेर पनि जिल्लामा आईपर्ने प्राकृतिक प्रकोप, सामुदायिक विद्यालयमा सहयोग, मगर भाषाको कला संस्कृतिको संरक्षण लगायतको विविध सामाजिक कार्यहरुमा सक्रियतापूर्वक सहयोग पु¥याउँदै आएको भन्दै मगर संघ इजरायलको अध्यक्ष समेत रहनुभएकी पुनलाइ अविर, माला र खादा लगाउँदै सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

पुनले हालै मालिका गाउँपालिका–२ रुममा रहेको स्वास्थ्य चौकीलाई जग्गा खरिदको लागि स व्यक्तिगत रुपमा १ लाख ५१ हजार १ सय रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो । 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l