दर्शन गर्न मुक्तिनाथ पुगेका स्याङ्जाका एक तिर्थालु बेपत्ता

  • ४ चैत्र २०७४, आईतवार
  • 3433 पटक पढिएको

मुस्ताङ ४ चैत्र  । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन तथा चैतेदशै औसी तिथीका अवसरमा श्राद्ध गर्न आएका स्याङ्जाका एक तिर्थालु शनिवार मुक्तिनाथ मन्दिर परिसरबाटै बेपत्ता भएका छन् । नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओम प्रकास शर्माले टेलिफोन मार्फत दिएको सूचना अनुुसार पुतली बजार नगरपालिका ३ स्याङ्जा कुमालका गाउँ बस्ने वर्ष ६० का हर्कबहादुर कुमाल बिहान करिव ६ बजे मुक्तिनाथ मन्दिर दर्शन गरि फर्कने क्रम हराएका हुन् ।

स्याङजाबाट बेपत्ता कुमाल सहित ३० जनाको टोली शुक्रवार बस रिजर्भ गरेर औसौ नुहाउन र मुक्तिनाथको दर्शन गर्न मुस्ताङ आएको शर्माले खुलाए । कुमाल सहितको टोली शनिवार औसीका दिन बिहानै श्राद्ध गरेर मुक्तिनाथ उक्लिएको र मुक्तिनाथ पुगेर दर्शन गरेर फर्कने क्रममा एकाएक कुमाल गायब भएको बताईएको छ । निलो र घ्यू कलर भएको चेक जाकेट लगाएका कुमालले रातो सल पनि पहिरिएका छन् । उनको साथमा एक जेब्रा झोला र त्यसभित्र फलफुल समेत राखिएको छ ।

दाहिने तर्फको आँखा नभएका उनलाई भेट्याउनेलाइ  अाफन्तलाइ खवर गर्न अनुराेध गरिएकाे छ ।शनिवार बिहान कुमाल हराएपछि उनका साथीहरुले शनिवार दिनभर मुक्तिनाथ बजारक्षेत्रमा खोजतलास गरेका थिए । लामो समय खोज तलास गर्दा समेत उनी नभेटिएपछि पत्रकार महासंघका स्याङ्जा अध्यक्ष शर्माले आईतवार प्रहरुीलाई जानकारी गराएका छन् ।

साथै उनले यदी कसैले हराएका कुमाललाई देखेमा नजिकैको प्रहरी चौकी वा प्रशासनको जिम्मा लगाईदिन समेत अनुरोध गरेका छन् । कुमाल संगै गएका अन्य तिर्थालु घर फर्किसकेको र हराएका कुमालको तदारुकताका साथ खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । वर्षेनी बडादशै र चैतैदशै औशीका अवसरमा मुस्ताङको कागबेनी र मुक्तिनाथ मन्दिरमा आन्तरिक तिर्थालुको भीड लाग्ने गर्छ । गत शुक्रवार र शनिवार मुस्ताङमा १० औ हजार तिर्थालुको आगमन भएको थियो ।