तातोपानी साना जलविद्युत आयोजनाका ४ मेशिनको मर्मत हुँदै

  • ३ चैत्र २०७४, शनिबार
  • 1901 पटक पढिएको

मुस्ताङ ३ चैत । लामो समय देखि जिर्ण अवस्थामा रहेको म्याग्दीको घरापमा अवस्थित तातोपानी साना जलविद्युत आयोजनाका बिद्युत उत्पादनमा प्रयोग भएका ४ वटा मेशिनको शिघ्र मर्मत तथा स्तोरोन्नतीका लागि मुस्ताङका निर्वाचित जनप्रतिनिधिले अधिकतम् पहल थालेका छन् । मुस्ताङका प्रदेश सभासद चन्द्रमोहन गौचनले म्याग्दीको घरापबाट जानकारी गराए अनुसार अहिले संञ्चालनमा नरहेका मेशिनहरुको मर्मत कार्य भैईरहेको जानकारी दिएका छन् । उनका अनुसार जेनतेन काम चलाउमा रहेको एक मेशिन बाहेक बाँकी ३ वटा मेशिन जिर्ण र प्रयोगमा नभएकाले मुस्ताङका जनप्रतिनिधिकै सक्रियतामा ति मेशिन आवश्यक मर्मत गरेर संञ्चालनमा ल्याउन प्रयास गरिएको हो ।

सभासद गौचनले दिएको जानकारी अनुसार अहिले २ वटा मेशिनको मर्मतकार्य संम्पन्न भएको र बाँकी २ मेशिनको पनि केन्द्रिय लाईन नियमित भएमा राति ११ बजे सम्म संम्पन्न हुने जानकारी दिए ।‘हामी अधिकतम प्रयासमा लागेका छौ,राति अबेर सम्म मर्मतकार्य सकिए भोली देखि बिद्युत नियमित हुने अपेक्षा गरेका छौ’ सभासद गौचनले भने‘घरापका ४ वटा मेशिन संञ्चालनमा आए म्याग्दीको तातोपानी देखि मुस्ताङ सम्म बिद्युतसेवा नियमित हुनेछ ।’

४ वटा बिद्युत मेशिन भएको तातोपानी साना जलविद्युत आयोजनाको १ हजार किलोवाट बिद्युत क्षमता भएपनि क्षमता अनुसार बिद्युत उत्पादन गर्न सकेको थिएन ।जिर्ण र संञ्चालनमा नरहेका मेशिनलाई जनप्रतिनिधिकै पहलमा पोखराबाट माछापुच्छ« मेटल वर्कसपका ५ जना प्राविधिक टोली भिकाई अहिले मर्मतकार्य भएको सभासद गौचनको भनाई छ ।उनले ४ वटै मेशिन राति १२ बजे सम्म संम्पन्न गर्ने लक्ष रहेको स्पष्ट पारे ।उनका अनुसार घरापका ४ वटै मेशिन संञ्चालनमा आएमा संम्भवत भोली देखि लोडसेटिङ नहुने जानकारी दिए । पछिल्लो समयमा मुस्ताङमा लगातार लामो समयसम्म बिद्युत आपूर्ति कटौटी भएपछि जिल्लावासीले चर्को आलोचना गरेका थिए ।

जिल्लाबाट बिद्युत नियमितका लागि चर्को दबाब आएपछि जनप्रतिनिधिले बिद्युत नियमितका शिघ्र पहल थालेका हुन् ।जिल्लामा बिद्युत आपूर्तिका लागि प्राविधिक कठिनाई हल गर्न जनप्रतिनिधि लगायत नेपाल बिद्युत प्राधिकरणको टोलीले वार्ताको पहल गरेको हो ।वार्तामा घराप जलबिद्युत आयोजना र प्राधिकरण बेनी कार्यालयले समस्या सुल्झाउने सहमति भएको हो ।प्राधिकरणले पनि बिद्युत नियमित गर्न १० हजार सवट्रान्फरमर मगाउने भएको छ ।मोदिखोला जलबिद्युत आयोजना देखि मुस्ताङको कोवाङ सम्म ३३ केबी प्रसारण लाईन भएकाले पटक पटक केन्द्रिय लाईनको भरोसा टुटेको हो ।सभासद गौचनका अनुसार यस समस्या पनि शिघ्र समाधान गर्न प्रयास भईरहेको जानकारी दिए ।घरापका ४ मेशिन संञ्चालन भए १ हजार बिद्युत र चोखोपानी जलबिद्युतको १ सय ५० किलोवाट बिद्युत उत्पादन भएमा समग्र मुस्ताङ समस्या हल हुने बताए ।