स्वर्गाश्रमले बोकेको सम्भावना (फोटो फिचर)

  • ३ चैत्र २०७४, शनिबार
  • धिरन खत्री
  • 3383 पटक पढिएको


म्याग्दी, २ चैत । जिल्लामा भएको दर्जनौ प्राकृतिक तथा धार्मिक पर्यटकिय स्थलहरुको पहिचानले आन्तरिक तथा बाह्य रुपमा म्याग्दीलाई चिनाउन सफल भएको छ । पर्यटकियस्थल मध्यको नाम सुन्दा र ठाउँमा पुग्दाको आनन्द हुने स्थल स्वर्गाश्रम हो । २५ मिटर उचाईमा रहेको डाडाँमा अवस्थित पर्यटकिय पवित्र ठाउँ स्वर्गाश्रम पनि एक हो । ढकमक्क लालिगुरासको जंगलको टापुमा रहेको ठाउँको नाम स्वर्गाश्रम त्यतिकै कसैले राखेको होईन । जगन्नाथ, पुलाश्रम, काललिगण्डकी नदी र धौलागिरि, अन्नपुर्ण, माछापुच्छे लगायतका दर्जनौ हिमश्रृङ्खलाहरुको हासो देख्न सकिने अग्लो डाडोमा धुपि, सल्ला, सानो गणेशमन्दिर र दुई ओटा कुटी बस्ने र ध्यान गर्ने घर रहेको शान्त ठाउँ स्वर्गाश्रम हो । जुन ठाउँलाई प्रभुको डाडाँको रुपमा चिनिन्छ । जुन ठाउँ बेनी नगरपालिका ३ मा पर्छ ।


विभिन्न कालखण्डमा थुप्रै साधु सन्तहरुले ध्यान बस्दा उनीहरुलाई आनन्द भएपछि उनीहरुले यस डाडाँको नाम स्वर्गाश्रम राखिएको स्वर्गाश्रम पुर्वाधार विकास समितिका अध्यक्ष तथा वडा सदस्य रत्नबहादुर जिसिले जानकारी दिए । सो ठाउँमा सप्तऋृषिहरुको बासस्थान, सय बर्ष पुराना धुपि तथा सल्लाका बोटहर रहेको छ । भने त्यहाँ रहेको मन्दिरमा नजिक रहेको गाउँ भुकभुकेका बासिहरु आलोपालो गरि धुपबति गर्ने चलन रहेछ । मौलिक रुपमा सो डाडा वरिपरिकोे जंंगलमा ढकमक फुलेको लालिगुरास,पखेनभेट, सुनागाभा लगायतको फूलहरु देख्न सकिन्छ ।


सो ठाउँमा गाउँका सबैलाई सुख शान्तिको कामना गर्दै गणेशको रथयात्रा गरिने प्रचलन रहदै आएको छ । भने सो ठाउँमा पुग्ने पर्यटकको लागि ब्यवस्थित होटल नभएपनि स्वर्गाश्रम समितिलाई सम्पर्क गरेर गएमा गाउँमा खाने बस्ने सुविधा पाईन्छ । सदरमुकाम बेनी देखिस्वर्गाश्रम हिडन्हरुले परम्परागत रुपमा निर्माण गरिएको चिटिक्क् परेका भकिम्लिका गाउँहरु ओखलढुङ्गा, डोले भुकभुके पर्यटकको लागि आकर्षक मानिन्छन् ।


सो भुकभुके गाउँमा पुग्नेहरुले क्षेत्री, मगर, दलित र जनजातीको मौलिक सस्कृतिले सबैलाई आकर्षिकत गर्छ । सो ठाउँमा आलु र भागो प्रमुख बालि हो । त्यहाँ पुग्ने पाउनाहरुलाई चिनोको रुपमा भागो र आलु दिने प्रचलन रहदै आएको रत्न जिसिले बताए । सदरमुकाम बेनीदेखि दुधेखोला, राहुखोला, राखु हुदै जादा चिटिक्क् परेको ओखलढुङ्गा र डोले, भुकभुके २३ किलोमिटरको यात्राबाट सो ठाउँमा पुग्ने ब्यवस्था छ ।

पवित्र स्वर्गाश्रमलाई आन्तरिक तथा बाह्य पर्यटक बढाउन सकेमा बेनी नगरपालिकाको  विकास लागि आर्थिक स्रोतको माध्यम बन्ने देखिन्छ । म्याग्दीलाई २०७५ सालमा म्याग्दी भ्रमण मनाउने तयारी भएको छ । सो भ्रमण बर्षको एक उतकृष्ट गन्तव्य स्वर्गाश्रम पनि हो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l